ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी जुम्लाबाट पक्राउ
जुम्ला: लागू औषध (ब्राउन सुगर) मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका १०, बोहोरागाउँ निवासी अन्दाजी २६ वर्षीय बसन्त सार्कीलाई साउन १७ गते साँझ करिब ५ बजे आफ्नै घरबाट पक्राउ गरिएको हो। वारदातपछि फरार रहेका उनलाई प्रहरीले खोजतलासका क्रममा नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सार्कीविरुद्ध सम्मानित जिल्ला अदालत जुम्लाबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शालिकराम खनालले जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।









