जुम्लाका नागरिकलाइ आधारभुत्त स्वास्थ्य सेवाको पँहुचमा ल्याउन अन्तरक्रिया

दिलमाया शाही
जुम्लाका ग्रमिण बस्तीका नागरिकलाई आधारभुत्त स्वास्थ्य सेवाको पँहुचमा ल्याउन पत्रकार बिच अभिमुखीकरण कर्याक्रम गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालयले अझै पनि यातायात र सुचनाको पहुचमा नपुगेका नागरिक आधारभुत्त स्वास्थ्य सेवाबाट बञ्चित भएको भन्दै उनिहरुलाई स्वास्थ्य सेवाको पँहुुचमा ल्याउन संञ्चारकर्मी बिच अन्तरक्रिया कार्याक्रम गरेको हो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण प्रसाद सापकोटाले स्वास्थ्य सम्बन्धी भएको सबैधानिक ब्यवस्था जनस्वास्थ्य कार्यालयले आगामी दिनको योजना ,समग्र जुम्लाका नागरिकको स्वास्थ्य अबस्थाको बारेमा जनाकनरी दिएका छन । उनले भने कुनै पनि नागरिक आधारभुत्त स्वास्थ्य सेवा पाउन बाट बञ्चित हुनु हुदैन । यसको लागी सरकार नागरिकको स्वास्थ्य प्रति गम्बिर छ ।

\स्वास्थ्य सेवा प्रभाकारी बनाउने उद्देश्यले जनस्वास्थ्य कार्यालय जुम्लाले अभिमुखीकरण कार्याक्रम गरेको हो । जिल्लाका पत्रकारहरु लाई जनस्वास्थ्य सेवा कार्यालय बाट प्रदान हुने सेवाका बारेमा समेत जानकारी गराइएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लाल बहादुर सार्कीले महामारीको समयमा पत्रकारलाई स्वास्थ्यका विषय बस्तुमा निस्पक्ष कलम चलाउन आग्रह गरेका छन । उनले नागरिकको चेतना सञ्चार माध्यम सँग जोडिएकोले सबै पत्रकारले रचनात्मक ढंगबाट नागरिकको स्वास्थ्य बारे सत्य तथ्य समाचार प्रकासन तथा प्रसारण गर्न आग्रह गरेका हुन ।

कोरोना महामारिमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सँगै सञ्चारकर्मी पनि जोखिम पर्ने गरेका छन । कोभिडको महामारीमा जनचेतनामुलक सामाग्री बाट नागरिकलाइ सजग गराएको प्रति जनस्वास्थ्य सेवा कार्यालयले आभार समेत प्रकट गरेको छ । जनस्वास्थ्य सेवा कार्यालयलले विश्व कोरोना महामारि सँग लडिरहेको बेला आफु सुरक्षित भएर अरुलाई थप सजग बनाउन सँचारकमीलाई आग्रह गरेको छ । यस्तै जिल्ला समन्वय समितिका सदस्य जयराज भारतीले पत्रकारले उठाउने हरेक विषय नागरिकको हितमा हुनुपर्नेमा जोड दिएका छन् ।उनले मिडियाले भनेका कुरामा नागरिकको ध्यान जाने हुँदा स्वास्थय सँग जोडिएका विषयलाई जानकारी मुलक तरिकाबाट सम्प्रेसण गर्न अनुरोध छ । अभिमुखीकरण कार्याक्रममा (आयुर्वेदिक डाक्टर) डा.प्रतिभा शर्माले आयुर्वेदिक स्वास्थ्य सेवाका बारेमा जानकारी दिइन । उनले भनिन आयुर्वेदिक सेवा भनेकै जडीबुटीबाट गरिने प्रथामिक उपचार हो । यसको महत्वको बारेमा सबै जानकार हुन जरुरी छ । उनले भनिन, यस अघि बिभिन्न ठाउमा गराइएको योग अभ्यासले पनि मानिसक तथा शारीरिक रुपमा निकै फाइदा पगेको छ