जुम्लामा कर्णाली प्रदेशकै दोस्रो हाइअल्टिच्यूट फुटसल निर्माण ।

दिलमाया शाही
कर्णालीको हिमाली जिल्ला जुम्लामा कर्णाली प्रदेशकै दोस्रो तथा ठुलो हाइअल्टिच्यूट फुटसल निर्माण निमार्ण भएको छ । जुम्लाको सदरमुकाम खलङ्गा समुन्द्र सतहदेखि २ हजार ३ सय ७५ मिटर उचाईमा रहेको छ । यहाँका तीनजना व्यक्तिको नीजि लगानीमा फुटसल निर्माण गरिएको हो । चन्दननाथ नगरपालिका–५ कालेखोलीमा ९५ लाख लगानीमा निर्माण गरिएको फुटसलको बुधबार औपचारिक उद्घाटन गरिएको छ ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंह, २४ नंम्बर बाहिनीका बाहिनीपति यामबहादुर सापकोटा, चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललगायतको उपस्थितिमा फुटसल उद्घाटन गरिएको हो ।
जुम्लाका स्थानीय निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको ९५ लाख संयुक्त लगानीमा फुटसल निर्माण गरि सञ्चालनमा ल्याएको छ । फुटसल सञ्चालनक प्रकाश शाहीले भने दुई वर्ष पहिलेको पूर्व तयारी अनुसार फुटसल निर्माण गरेका हौँ । उनले भने जुम्लालाई खेलकुद हबका रुपमा विकास गर्ने योजना सहित फुटसल सञ्चालन ल्याएको हो । ११ महिनाको अवधिमा ९५ लाख लागतमा सबै सामग्री बाहिरबाट निर्यात गरेर जुम्लालाई खेल क्षेत्रबाट चिनाउने उद्देश्यका साथ फुटसल निर्माण गरिएको उनको भनाई छ ।

प्रतिघण्टा १५ सयका दरले खेल सञ्चालन गरिने छ । तत्तकालका लागि व्यवसायिक रुपमा सञ्चालन नभए पनि ढिलो चाँडो खेल क्षेत्र सबैका लागि अपरिहार्य नै छ । जुम्लामा फुटसलको राम्रो भविष्य देखेकै कारण निर्माण गरेको सञ्चालक निर्पराज भारतीले बताए । उनका आनुसार पानी, शौचालय, क्यान्टीन, वाचमेन रुम सहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नमुना फुटसल निर्माण भएको छ ।
एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले नीजि लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रलाई विकासमा इट्टा थपेको बताए । उनले भने, “पूर्वाधार अभावमा खेल क्षेत्र ओजेलमा परेको छ । तीन तहको सरकार हुँदाहुदै पनि जुम्लाका तीनजना समाज सेवीले व्यक्तिगत लगानीमा खेल क्षेत्रको प्रर्बद्धनका लागि निर्माण गरेको योगदान प्रशंसायिन छ ।”
उन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहले भने जुम्लामा कृषि, पर्यटनसंगै खेल क्षेत्रको लागि पनि प्रयाप्त सम्भावना भएको ठाउँ हो ।उनले अबका दिनमा नीजि तथा सरकारी लगानीमा ठुला पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले जुम्लाको खेल क्षेत्रलाई गति दिन आबश्यक लगानी गर्न तयार रहेको बताईन् । कल्पनानै नगरिएको फुटसल निर्माण गरी जुम्लालाई खेलकुद क्षेत्रको हब बनाउन योगदान रहेको छ ।
जुम्लामा खेलाडी उत्पादन गर्न निर्देशन

अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थानीय स्तरमै खेलाडी उत्पादन गर्न निर्देशन दिए । उनले भने फुटबल प्रतियोगितालाई प्रथामिकताका साथ सञ्चालन गर्न आबश्यकछ। जुम्लामा आयोजना भएको खेलकुद विकास समितिको स्वागत कार्यक्रममा उनले “ग्रासुट भनेको ६ वर्ष देखि १२ वर्ष उम्मेर समुहका हरेक बालबालिकालाई फुटबल खेलाउने हो । सानै देखि खेल क्षेत्रमा सहभागी गराए उनिहरु भोलि आफै खेल क्षेत्रमा लाग्छन् ।”
आफु निर्वाचित भएपछि ग्रासुट फुटबललाई प्रथामिकता दिएर अघि बढेको अध्यक्ष शेर्पाको भनाई छ । उनले भने, “बालबालिका सधै टिभी मात्रै हेर्छन, अन्य कुरा गर्छन, तर हप्ताको शनिवार अनिवार्य फुटबल खेलाएमा भिन्नै बानी, भिन्नै शैली आचरण भएका बालबालिका बीच भेट हुँदा नयाँ अनुभव गछन् र उनिह्र बिच भातृत्वप्रेम हुन्छ । त्यसैले पनि ग्रासुट फुटबल आबश्यक छ ।”
जुम्लाको विरासतलाई कायम राख्न खेल क्षेत्रले पनि महोत्वपुर्ण भुमिका खेल्ने भएकाले स्थानीय सरकारलाई लगानी गर्न समेत उनले आग्रह गरे । ग्रासुट फुटलबल प्रतियोगिता बिना खेलको दिर्घकालिन भविष्य नभएकाले जिल्ला खेलकुद विकास समितिलाई सबै विद्यालयमा समन्वय गरेर हरेक शनिवार ग्रासुट फुटबल प्रतियोगिता गर्न निर्देशन दिए ।
यता खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरमबहादुर महतले स्थानीय सरकारको असहयोगले जिल्लाको खेल क्षेत्रको विकासमा कठिनाई भएको बताए । उनलृ भने तीन तहका सरकारलाई धाउँदा पनि सामान्य पूर्वाधार बनाउन समेत सहयोग प्रप्त भएको छैन । एक्ललैले गरेर खेल क्षेत्रको विकास सम्भव नरहेकोले सबैलाई साथ दिन उनको अपिल छ ।