जुम्लाबाट प्रतिनिधिसभा निर्वाचनकाे लागी भण्डारीको उम्मेदवारी पक्का

जुम्ला : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले जुम्लाबाट नरेश भण्डारीलाई उम्मेदवारको टिकट दिएको छ ।

पार्टीको यस निर्णयसँगै जुम्लाको राजनीतिक माहोल तातेको छ भने सामाजिक सञ्जालमा भण्डारीलाई अग्रिम बधाई दिने क्रम तीव्र बनेको छ।यस अघि जिल्ला पार्टी कमिटीले भण्डारीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।

सोही सिफारिसलाई अनुमोदन गर्दै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार औपचारिक रूपमा भण्डारीलाई उम्मेदवारको टिकट हस्तान्तरण गरेका हुन् ।

टिकट हस्तान्तरणको तस्वीर सार्वजनिक गर्दै भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्ला बाट नेपाली कम्युनिष्ट पार्टीले मलाई उम्मेदवार चयन गरेको छ । जुम्लाबासीको विश्वास र आशालाई विकास र समृद्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

नरेश भण्डारी जुम्लाको राजनीतिक क्षेत्रमा अनुभवी र परिचित नाम हाे । उनी २०६४ सालमा जुम्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसपछि २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्य बनेका भण्डारीले कर्णाली प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी समेत सफलतापूर्वक सम्हालेका थिए ।मन्त्रीका रूपमा रहँदा उनले शान्ति–सुरक्षा, कानुनी सुधार, सुशासन र स्थानीय तहको सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयको बुझाइ छ ।

सरल स्वभाव, विकासप्रतिको प्रतिबद्धता र जनतासँगको नजिकको सम्बन्धका कारण उनी जुम्लाका लागि विकासप्रेमी नेताका रूपमा स्थापित छन् ।भण्डारीको उम्मेदवारीसँगै जुम्लामा आगामी निर्वाचन थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बन्ने देखिएको छ ।अब जुम्लाबासीको मतले भण्डारीलाई संघीय संसदसम्म पठाउने निर्णय गर्नेछ

सम्बन्धित समाचार