सल्यानमा पहिलो पटक कोरोना बाट एकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट सल्यानमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ। शारदा नगरपालिका–१ का एक पुरुषको घरमै मृत्यु भएको हो।कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै घरको आइसोलेसनमा बस्दै आइरहेका ती पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। अन्य रोगबाट बिरामी भएका उनको केही दिनअघि मात्र स्वाब संकलन गरिएको थियो। मृतकको दाहसंस्कार गरिरहेकै अवस्थामा उनको कोरोना पोजेटिभ भएको सूचना अएको थियो।उनको कोरोना भाइरसबाट मृत्यु भएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ। संक्रमणबाट एक जनाको मृत्यु, एक व्यापारी सिकिस्त बिरामी भएको र लक्षणसहितका अन्य व्यक्तिहरु पनि फेला परेपछि बजार एक साताका लागि बजार बन्द गरिएको हो।

सम्बन्धित समाचार