जुम्लाबाट ४० वर्षपछि फेरि क्याबिनेट मन्त्री : दलहरूको उपेक्षाप्रतिको संकेत
जुम्ला :जुम्लाका विकासप्रेमी नेता नरेश भण्डारीकाे लिखित टिप्पणी अनुसार, आधुनिक नेपालको इतिहासमा जुम्लाबाट क्याबिनेट मन्त्री बनने अवसर जम्मा दुई व्यक्तिले मात्र पाएका छन्।उनले शुक्रबार सपद लिएका मन्त्री माधब चौलागाईं लाई बधाई ज्ञापन गर्दै पहिलोपटक पञ्चायत कालमा हरिश्चन्द्र महत, र दोस्रोपटक गणतन्त्रमा ४० वर्षको लामो अन्तरालपछि माधव चौलागाई मन्त्री बनेकाे बताएका हुन्। उनले लेखेका छन रोचक तथ्य के छ भने,दुवैपटक मन्त्री हुने व्यक्तिहरू निर्दलीय नै थिए। यो अवस्थाले कर्णालीकाे जुम्ला प्रति राजनीतिक दलहरूले प्रयोग गर्ने दृष्टिकोणकाे लेन्स कस्तो छ भन्ने कुरामा गम्भीर प्रश्न उठाउँछ।
त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले हालै मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्दै चार नयाँ अनुहारलाई क्याबिनेटमा प्रवेश गराएकी छिन्।यस विस्तारमार्फत जुम्लाका माधव चौलागाईलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्रदान गरिएको हो।चौलागाईसँगै राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ र कुमार इङ्नाम पनि मन्त्री पदमा नियुक्त भएका छन्। चारै जना मन्त्रीले शुक्रबार शपथ ग्रहण गरेका हुन्।
मन्त्री चौलागाई लामाे समय दुखि कर्णालीको आवाज उठाउँदै आएका व्यक्तित्व हुन ।उनी जुम्लाको तातोपानी गाउँपालिका–५, लामराका निवासी हुन्।उनीले ग्रामीण विकासमा एमए र एमपीएच अध्ययन गरेका छन्।
दीर्घ समय देखि उनले आफ्ना लेखनमार्फत कर्णालीको सामाजिक, सांस्कृतिक, भाषिक तथा ऐतिहासिक विशेषतालाई उजागर गर्दै आएका थिए । विविधता, समृद्धि र स्थानीय पहिचानको प्रवर्द्धन उनका लेखनका प्रमुख आधार छन।








