सिंजा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर: २७२ जनाले प्राप्त गरे सेवा

जुम्ला :सिंजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा पेस नेपाल (Pace Nepal) को सहयोगमा आधारभूत स्वास्थ्य केन्द्र, दातमा सञ्चालन गरिएको बृहत विशेषজ্ঞ निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। एकै दिनमा २७२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

स्वास्थ्य शिविरमार्फत उपलब्ध गराइएका सेवाहरूमा महिलाको पाठेघरसम्बन्धी परीक्षण, बालरोग, हाडजोर्नी, सामान्य स्वास्थ्य परीक्षण तथा किशोर–किशोरी प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श लगायतका सेवा समावेश थिए।

सेवा प्राप्त गर्नेहरूको संख्या

जम्मा सेवाग्राही: २७२

महिला: १५२

पुरुष: ११०
विषयगत सेवाको विवरण

१) स्त्रीरोग सेवा – १५२

VIA परीक्षण: ५५

VIA Positive: २

रिफर: १

रिङ पेसरी सेवा: ५

२) बालरोग सेवा – ६५

३) जनरल सेवा – ५५

४) परामर्श सेवा – ६०

सिंजा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाका अनुसार शिविरले विशेष रूपमा महिलाको पाठेघरसम्बन्धी समस्या, हाडजोर्नीका रोग, बालस्वास्थ्य, सामान्य रोग तथा किशोर–किशोरी स्वास्थ्य शिक्षामा प्रभावकारी सेवा प्रदान गरेको छ।शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकाया सहितको विशेषज्ञ चिकित्सक टिम सहभागी भएको थियो। सिंजा गाउँपालिकाको स्वास्थ्य पहुँच अभिवृद्धिमा यस्तो शिविरले महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीले बताएका छन्।

सम्बन्धित समाचार