‘ओली चाहियो भन्दै तपाईंहरूले विशेष सम्पादकीय लेख्ने दिन छिट्टै आउँछ’
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका छन् । आइतबार सम्पादकसँग छलफलका क्रममा ओलीले अहिलेको अराजकता यसरी नै बढ्दै जाने हो भने फेरि ओली चाहियो भनेर विशेष सम्पादकीष लेख्ने दिन छिट्टै आउने बताए ।
उनले भने, ‘म त फेरि प्रधानमन्त्री बन्ने सम्भावना देख्दै छु । तपाईंहरूले नै विशेष सम्पादकीय लेख्ने दिन आउँछ ।’
यस्तो अराजकता बढ्दै जाँदा जनताले ओली नै खोज्ने समय धेरै टाढा नभएको तर्क पनि उनले गरे । उनले सम्पादकहरूलाई लक्षित गर्दै भने, ‘तपाईंहरूले अहिले चाहिँ अलिअलि मेसो पाउँदै हुनुहुन्छ होला ।’
ओलीले आफू सत्य कुरा बोल्न कहिल्यै नडराउने भन्दै परिस्थितिअनुकूल बोली फेर्ने बानी नभएको जिकिर गरे ।








