कर्मचारीमाथि धम्की दिने पत्रकार विरुद्ध कडा कारबाहीको माग


जुम्लाः जुम्ला जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी रामकृष्ण पाण्डेमाथि कार्यकक्षमै अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिइएको घटना सार्वजनिक भएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन, जिल्ला कार्य समिति जुम्लाले आज एक विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्सर्ना गर्दै दोषीमाथि तत्काल कडा कानुनी कारबाहीको माग गरेको छ।

संगठनका अनुसार सो घटना असोज २९ गते भएको हो। कर्मचारी पाण्डे जनताको सेवा गरिरहेका बेला नेपाल पत्रकार महास्ंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले कार्यालयमै प्रवेश गरी अपशब्द प्रयोग गर्दै गालीगलौज गरेकाे विज्ञप्तीमा जनाएकाे छ । पाण्डेले दिएको जानकारी अनुसार चौलागाईंले उनलाई कार्यालय बाहिर भेटे कुटपिट गरी ज्यानै लिने धम्कीसमेत दिएका थिए।

विज्ञप्तिमा भनिएको छ,“लोकतान्त्रिक कानुनी शासनको दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीमाथि गलत कार्य गर्न अनुचित दबाब दिने, स्वार्थपूर्ति वा रिसको आवेगमा अपशब्द, दुव्र्यवहार तथा भौतिक आक्रमण गर्ने व्यवहार सह्य हुन सक्दैन। यस्ता कार्यले सरकारी सेवा प्रदान गर्ने वातावरणमा प्रत्यक्ष नकरात्मक प्रभाव पार्दछ।

संगठनले सार्वजनिक सेवा प्रणालीका मेरुदण्ड राष्ट्रसेवक कर्मचारी माथि हुने यस्ता किसिमका आक्रमण र डर सिर्जना गर्ने कार्य तत्काल रोक्न माग गर्दै, दोषीलाई कानुनी दायरामा ल्याई तिव्र कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रशासनिक तथा न्यायिक निकायसँग आग्रह गरेको छ।

संगठनले चेतावनी दिँदै भनेको छ,“यदि सम्बन्धित पक्षले दोषीलाई कारबाही नगरेमा संगठन मौन रहने छैन। आवश्यक परे कानुनी उजुरी दर्ता गरी प्रक्रिया अघि बढाइनेछ। “यस घटनाले सरकारी सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने जनाउँदै संगठनले पीडित कर्मचारीको सुरक्षाको समेत तत्काल व्यवस्था गर्न माग गरेको छ।

सम्बन्धित समाचार