स्थानीय द्धारा आफ्नै लगानीमा सडक आरसीसी ।

दिलमाया शाही
जुम्लाको गुठिचौर गाउँपालिका ३ गज्र्यांङकोटका स्थानीयले आफ्नै लगानिमासडक निर्माण गरेका छन् । उनीहरुले गाउँपालिकालाई चुनौति दिने गरि आफ्नै लगानीमा निर्माण गरिएको सडकलाई गरेका हुन् । गाउँमा पुगेको कच्ची सडक बर्खामा हिलाम्य हुने र हिउँदमा धुलोले हैरान बनाउने भएपछि एक आपसमा रुपैयाँ संकलन गरेर सडकलाई आरसीसी गरेका हुन् । गाउँलेले संकलन गरेको ११ लाख ७५ हजार ५ सय ९५ रुपैयाँ बाट १ सय ३१ मिटर लम्बाइ र दुई मिटर चौडाइको सडक आरसीसी भएको हो ।

जम्मा एक लाख दुई हजार रुपैयाँ नगद उठ्ेको थियो ’। निर्माण समितिका अध्यक्ष खड्गबहादुर बुढाले भने, ‘१० लाख ७८ हजार ५९५ रुपैयाँ बराबरको श्रमदान गरेपछि सडक आरसीसी गरेका छा्ै । अब बर्षामा हिलोको सामाना गर्नु अवस्था आउने छैन । हिउँदमा हुने धुलो र गाउँ हिलोमुक्त हुने संभावना बढेको छ । अबिरल मार्ग आरसीसी गर्नका लागि स्थानीय युवा नरबहादुर बुढाले २९ हजार रुपैयाँ,धर्मराज रावलले १० हजार ५ सय , दीपेन्द्र भण्डारीले नौ हजार ५ सय , मुनबहादुर बुढा, धनबहादुर बुढा, गोवीचन्द्र रावल, पूर्णबहादुर बुढा र देवीलाल बुढाले क्रमशः छरछ हजार, गजेन्द्र भण्डारीले पाँच हजार ५ सय रुपैयाँ, खड्कबहादुर भण्डारी र नन्दबहादुर बुढाले पाँच पाँच हजार, परेबहादुर रावलले पाँच हजार तथा चित्र बुढाले दुई हजार रुपैयाँ अबिरल मार्ग आरसीसी गर्नका लागि उपलब्ध गराएका हुन् ।

सडक निर्माणको लागि गाउँपालिकाको मात्र भर पर्नु पर्ने रहेनछ,निर्माण समितिका अध्यक्ष बुढाले भने ,‘गाउँमा सहयोगी मन र इच्छा शक्ति मात्र भएपनि धेरै विकास हुने रहेछ अहिले सडक निर्बाध रुपमा सञ्चालनमा आइराखेको छ । अबिरल मार्गबाट गज्र्यांकोटका ८० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । ’सडक उद्घाटन कार्यक्रममा गाउँका १६ जना जेष्ठ नागरिक, सहयोगीदातालाई समेत सम्मान समेत गरिएको थियो ।

सम्बन्धित समाचार