जुम्लामा भुमि समस्या समाधान आयोगको ३५ दिने सूचना जारी

जुम्ला :भुमि समस्या समाधान आयोग, जिल्ला समिति जुम्लाले जिल्लावासीलाई लक्षित गर्दै अन्तिम ३५ दिने सूचना जारी गरेको छ। आयोगले जिल्लामा रहेका भुमिसम्बन्धी समस्या समाधान गर्न यो अन्तिम अवसर भएको जानकारी दिएको छ।

आयोगका विज्ञ सदस्य सुमन आचार्यका अनुसार जुम्ला जिल्लामा रहेका सम्पूर्ण राजनीतिक दलका नेतृत्व, चन्दननाथ नगरपालिका सहित सातवटै गाउँपालिकाका  अध्यक्ष , उपाध्यक्ष  तथा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरूले यस प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरिदिन हुन अनुराेध गरेका छन  । उनले जारी गरेकाे सूचनामा भनिएको छ, “यदि तपाईँहरू भुमिहीन हुनुहुन्छ वा अव्यवस्थित रूपमा घर वा जग्गा रहेको छ भने, यसलाई व्यवस्थापन गरी औपचारिक निर्णय गर्ने अन्तिम अवसर भएकाले तुरुन्तै आफ्नो वडा तथा पालिकामा सम्पर्क गर्नुहोस्।”

आयोगले यस सूचनालाई गम्भीरतापूर्वक लिन सम्पूर्ण जनसमुदायलाई अनुरोध समेत गरेको छ।