ताप्लेजुङमा गर्भवती महिला अलपत्र, प्रहरी जवान सम्पर्कविहीन


जुम्ला : ताप्लेजुङमा तीन महिनाकी गर्भवती एक महिला श्रीमानको सम्पर्कविहीनताका कारण अलपत्र परेकी छन्। जाजरकोट माइती भएकी शर्मिला शाही ले आफ्नो श्रीमान् नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्ना विरुद्ध अलपत्र पारेको आरोप लगाएकी हुन्।

सर्वोच्च अदालत, काठमाडौंमा कार्यरत ठगुन्नाले सुर्खेतमा फोन गरी आफू ताप्लेजुङ सरुवा भएको भन्दै उनलाई त्यहाँ आउन आग्रह गरेका थिए। उनका अनुसार श्रीमानले ताप्लेजुङ पुगे पछि फोन ब्लक गरेर सम्पर्क विहीन भएका छन्। उनले भनिन,“मैले सम्पर्क गर्न खोज्दा फोन काट्ने वा उठाउँदैनन्, अहिले म होटलमा बसिरहेको छु, कहाँ जाने भन्ने थाहा छैन,” शाहीले भनिन।
शाहीले तीन महिनाको गर्भवती अवस्थामा यस्तो अवस्थामा पारिएको भन्दै मानसिक र शारीरिक रुपमा पीडित भएको बताइन्। घटनाबारे स्थानीय प्रहरीलाई जानकारी दिइएको भए पनि अहिलेसम्म श्रीमानसँग सम्पर्क हुन सकेको छैन।

 

सम्बन्धित समाचार