डिएसपी काफ्ले कोरोना संक्रमण मुक्त ।

जिल्ला प्रहरी कर्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्ले कोरोना संक्रमण मुक्त हुनु भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बिहिबार गरेको पिसिआर परिक्षणको रिपोट निगेटिभ आएपछि उहाँ कोरोनाको संक्रमण बाट मुक्त हुनु भएको हो ।गत असोज २५ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उहाँ होमआईशोलेसनमा बस्नु भएको थियो ।

पहरी नायव उपरिक्षक काफ्ले जुम्लामा आएपछि अपराध नियन्त्रण गर्न र नागरिकको शान्ति सुरक्षा दिन दिनरात नभनि खटिने क्रममा कोरोनाको संक्रमण हुन भएको हो । प्रहरी नायव उपरिक्षक काफ्लेले कोरोना रिपोट निगेटिभ आएको जानकारी दिर्दै १।२ दिनपछि नियमित कार्यामा फर्किने बताउनु भएको छ  । उहा झण्डै तिन हप्ताको होम आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।संक्रमणमुक्त भएपछि उहाले भन्नुभयो, ‘संक्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति हुन्थीयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो । कोरोनाबाट मुक्त भएको खवरले खुशी तुल्याएको छ ।

आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको बताउर्दै उहाले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल भएको बताउनु भयो ।  कोरोना भाइरसको महामारी र आतंक बाट बच्न समाजमा भएका अनियमित क्रियाकलाप रोक्नतर्फ सबैले ध्यान पुर्याउन डिएसपी काफ्लेले आग्रह समेत गर्नु भएको छ ।

सम्बन्धित समाचार