उच्च अदालत सुर्खेत जुम्ला इजलासको पत्रकार भेटघाट:बालबालिका लागूपदार्थ र जवरजस्तीका मुद्दामा बढी संलग्न

जुम्ला :उच्च अदालत सुर्खेत अन्तर्गत जुम्ला इजलासको आयोजनामा मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रममा अदालतको सेवा प्रवाह, विद्यमान चुनौतीहरू तथा सुधार आवश्यकताका विषयमा खुलस्त छलफल गरिएको हाे। कार्यक्रममा अदालतका पदाधिकारीहरूले विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन समयमै नआउँदा मुद्दाहरूको समयमै टुंगो लगाउन गम्भीर कठिनाइ भइरहेको पाईएकाे छ। उच्च अदालत सुर्खेत जुम्ला इजलासका शाखा अधिकृत तथा सूचना अधिकारी टंक प्रसाद खत्रीले बोले कतिपय अवस्थामा प्रयोगशालाको रिपोर्ट नआउँदै फैसला गर्नु पर्ने बाध्यता रहन्छ।


एक प्रदेशमा कम्तीमा एक विधिविज्ञान प्रयोगशाला अनिवार्य हुनुपर्छ भन्ने आवाज धेरैपल्ट उठिसकेको छ, तर राज्यले अझै यसलाई गम्भीरतापूर्वक नसुनेको देखिन्छ।उनका अनुसार प्रयोगशालाले एक वर्षमा सयभन्दा बढी प्रतिवेदन दिन नसक्ने अवस्था हुँदा न्याय प्रक्रियामा ढिलाइ हुने मात्र होइन, पीडितहरू अन्यायको सिकार बन्ने अवस्था आउँछ। कार्यक्रममा पीडितमैत्री कानुनको अभाव रहेको पनि उल्लेख गरिएकाे   थियाे ।खत्रीका अनुसार, पीडितहरू प्रक्रियामा होस्टाइल हुने, आत्मपक्षमा बोल्न नसक्ने र न्याय प्राप्तिमा निरुत्साहित हुने अवस्था देखिँदै गएको छ।

त्यस्तै, उच्च अदालत सुर्खेत जुम्ला इजलासका वरिष्ठ न्यायाधीश श्यामजी प्रधानले सरकारी पक्षबाट प्रदान गरिने कानुनी सेवाहरू नागरिकमैत्री नभएको गुनासोलाई सम्बोधन गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए। उनले सेवा लिन आउने नागरिकहरू आवश्यक जानकारी र आधारभूत सुविधाबाट बञ्चित हुने गरेको उल्लेख गर्दै उनले पत्रकारहरूलाई यस्तो अवस्था देखिए जानकारी गराउन आग्रह गरे।उनले भने, “अन्यायमा परेका नागरिकहरूलाई न्यायिक निकायसम्म पु¥याउनु पत्रकारिताको पनि जिम्मेवारी हो। समाज परिवर्तनका लागि सबैभन्दा सचेत वर्ग पत्रकार हो । उनले समाजमा हुने आपराधिक गतिविधि उजागर गर्न पत्रकारको भूमिका महत्वपूर्ण छ। न्याधीश प्रधानले अदालत परिसरमा अझै शौचालय जस्तो आधारभूत सुविधा नहुँदा सेवा लिन आउने नागरिकहरू समस्यामा पर्ने गरेको बताए। बजेट अभावका कारण यस्तो अवस्था रहेको उल्लेख गर्दै उनले भौगोलिक अप्ठ्यारोले अदालतमा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअल माध्यमबाट बकपत्र लगायतका सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए।
कार्यक्रममा छलफलका क्रममा अदालतमा दर्ता हुने मुद्दामध्ये बालबालिका सम्बन्धी मुद्दा उच्च रहेको तथ्य प्रस्तुत गरिएकाेे थियाे। बालबालिका बढी लागूपदार्थको दुरुपयोग तथा जबरजस्तीकरणका घटनामा संलग्न हुने देखिएको छ।यस सन्दर्भमा सबै निकायहरू मिलेर यसको पूर्वरोकथाम, पुनस्र्थापना र समाजमा पुनःस्थापित गर्ने खालका संरचनागत पहल आवश्यक रहेकोछ ।
९३ प्रतिशत मुद्दा फछ्र्यौट
त्यस्तै उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा ९३ प्रतिशत मुद्दा फछर्यौट भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ कूल दर्ता भएका मुद्दा मध्य असार ३० गते सम्म ९३.०८ प्रतिशत मुद्दा फछर्यौट भएका हुन् । उच्च अदालत सुर्खेत जुम्ला ईजलासको प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१/८२ मा नयाँ दर्ता भएका १सय ९१ र जिम्मेवारी सरेका २६ मुद्दा गरि कुल २१७ वटा मुद्दा दर्ता भएका थिए । भने ,आर्थिक वर्षको असार मसान्त सम्म कुल दर्ता भएका मुद्वा मध्य २०२ वटा अर्थात ९३.०९ प्रतिशत मुद्दा फछर्यौट भएको पाइएको छ । हाल १५ वटा मुद्दा बाँकी रहेका छन् । वार्षिक फछर्यौट लक्ष्य १सय ७८ रहेकोमा लक्ष्य भन्दा बढि मुद्वा किनारा लागेका दाबी छ ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० देखि २०८१/ ८२ सम्म तीन वर्षको तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी मुद्दा फछर्यौट भएका छन । पछिल्लो समयमा उच्च अदालत सुर्खेत जुम्ला ईजलासको न्याय सम्पादन प्रभावकारी बनेको देखिएको छ ।यस तीन वर्षे विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल २सय ५५ मुद्दादर्ता भएकोमा फछर्यौट२सय ०५ भएका छन् भने बाँकि ५० मुद्दा छन् ।भने आर्थिक वर्ष २०८०/८१ कूल २सय ७९ वटा मुद्दा दर्ता भएकोमा अन्तिम सम्म फछ्र्यौट २ सय ५३ वटा मुद्दा फछर्यौटभएका छन् । भने २६ वटा मुद्दा फर्याैट हुन बाँकि रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा २सय १७ वटा मुद्दा दर्ता हुदा २सय ०२ फछर्यौट भएका छन् । आवमा थुनुवा मुद्दाको संख्या ४३ रहेकोमा फछर्यौट ४० मुद्दा भएका छन् । भने थुनुवा मध्य पुरुष ३७ बालबालिका २ रहेका छन् । मुद्दाको विवरण हेर्दा रिट निवेदन ३४,जवर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह ५,सम्बन्ध विच्छेद २,सवारी ज्यान ४ ज्यान,अंङगभङग २,मानव बेचविखन तथा ओसारपसार ५ मुद्दा दर्ता भएका थिए ।त्यस्तै जातिय विभेद–२ लागू औषध–१४,अवहेलना २, हातहतियार तथा खरखजना ४,चोरी ९,नकबजनी–१०,अंश–४ अन्य–३४ वटा मुद्दा दर्ता भएका थिए ।
जिल्लागत्त पाँच वषीय मुद्दाको बिवरण
त्यस्तै उच्च अदालत सुर्खेत जुम्ला ईजलास अन्तर्गत कर्णाली प्रदेशका माथिल्लो कर्णालीका ५ जिल्लाको जिल्ला अदालतको मुद्दा को अबस्थालाई यस्तो रहेको छ ।जसमा जुम्ला अदालतमा ३ सय १४ मुद्दा दर्ता हुँदा २सय १४ फछर्यौट भएका छन् । भने १ सय मुद्दा बाँकि छन् । त्यस्तै मुगुमा १३५ मुद्दा दर्ता भएकोमा फछ्र्यौट १सय ३ र बाँकि ३२ वटा मुद्दा रहेका छन् ।

त्यस्तै हुम्लामा कूल दर्ता ६९ मुद्दा मध्य ६० मुद्दा फछर्यौट  ९ वटा बाँकि छन् । उता कालिकोट जिल्ला अदालतमा कूल २३६ मुद्दा दर्ता भएकोमा १७६ मुद्दा फछर्यौट भएको र ६१ बाँकि रहेका छन् । त्यस्तै डोल्पा जिल्ला अदालतमा ७६ मुद्दा दर्ता भएकोमा ५४ मुद्दा फछर्यौट र २२ वटा बाँकि रहेका छन ।