सामाजिक कुरिती बाट किशोरी जोगाउदै सिंजा गाउँपालिका (फोटो फिचर)
जुम्ला :सिंजामा सामाजिक कुरीति विरुद्ध अभिमुखिकरण कार्यक्रम गरिएको छ । सिंजा गाउँपालिकाकाको आर्थिक सहयोग आधुनिक महिला जागरण प्रालिको आयोजना र पेस नेपालको समन्वयमा विभिन्न वडाका किशोरीहरू दुइ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागी २० जना किशोरीहरूलाई बालविवाह, छाउपडी प्रथा, लैङ्गिक विभेद, घरेलु हिंसा जस्ता सामाजिक कुरीतिहरुले उनीहरुको जिवनमा ,असर र समाधानका उपाए लगायतका बिषयमा प्रशिक्षण दिइएको छ । किशोरी शिक्षाको महत्व, आत्म–विश्वास अभिवृद्धि, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान, तथा नेतृत्व क्षमताको विकासका विषयमा समेत प्रशिक्षण दिएको थियो ।
उक्त कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले उद्धघाटन गरेका हुन ।उपाध्यक्ष सितली रोकायाले किशोरीहरूलाई शिक्षित, सक्षम र सजग बनाउन सके मात्र समाजबाट कुरीतिहरू हटाउन सकिने बताइन । उनले यो कार्याक्रम किशोरीमैत्री र समान अवसरको समाज निर्माणतर्फ एक महत्त्वपूर्ण कदम हो । उनले आगामी दिनमा पनी उपाध्यक्ष कार्यक्रम मार्फत यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताइन ।

त्यस्तै सिंजागाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले कार्यक्रममा सहभागी किशोरीलाई आफूले भोगेका सामाजिक चुनौतीहरू खुलस्त रूपमा प्रस्तुत गर्न अनुरोध गरे । उनले यस किसिमको कार्यक्रमले कार्यक्रमले किशोरीलाई सजग र आत्मबलयुक्त बनाउने बताए ।

त्यस्तै आधुनिक महिला जागरणकी अध्यक्ष दिलमाया शाहीले जुम्लाका धेरै किशोरीहरू सामाजिक कुरितिका कारण, स्वास्थ्य, अवसर, र आत्मसम्मानबाट वञ्चित भइरहेको बताइन ।उनले भनिन, जब समाजमा अलिखित नियमहरू छन् । छोरीहरूलाई छिटो बिहे गरिनुपर्छ, धेरै बोलेको राम्रो मानिँदैन, पुरुषभन्दा तल सम्झिनुपर्छ भन्ने सोच – मौलाउँछन्, तब ती कुराले लिखित कानुनभन्दा पनि धेरै प्रभाव पार्ने गरेको छन । उनले नेपालमा महिला तथा किशोरीका लागि अधिकार सम्बन्धी धेरै कानूनहरू बनेका छन्, तर व्यवहारमा ती लागू नभएसम्म असर देखिँदैन। उनका अनुसार अझै पनी समाजमा अलिखित मूल्य–मान्यताले गर्दा किशोरीहरू बोल्न सक्दैनन्, आफ्नो अधिकार माग्न सक्दैनन्, अनि कहिलेकाहीँ त पीडालाई पनि सामान्य जस्तै स्वीकार्न बाध्य हुने गरेका छन । उनले सिंजागाउपालिकाले यहाका किशोरीलाई सामाजिक कुरितीबाट सचेतना दिर्दै , र सामुदाय स्तरमा सामाजिक सोच परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताइन ।

त्यस्तै किशोरीहरूलाई सामाजिक कुरितीबाट जोगाउन समग्र समाजको सक्रिय भूमिका आवश्यक रहेको सिंजा गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख बस्ना बुढाले बताइन्। उनले सामाजिक कुरितिको अन्त्य गर्न शिक्षा, सचेतना, कानुनी कार्यान्वयन, र सामाजिक सोचको परिवर्तन अपरिहार्य रहेको छ । किशोरीमैत्री कार्यक्रमहरूलाई गाउँपालिकाले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउदै यसका लागी महिला शाखाले पहल गर्ने बताइन ।

त्यस्तै सामाजिक कुरितीबाट किशोरी बचाउन लैङ्गिक समानता र मानव अधिकार सम्बन्धी शिक्षा विद्यालय तहदेखि दिनु पर्ने, किशोरीहरूलाई आत्मविश्वास, निर्णय क्षमता र कानुनी अधिकारबारे जानकारी दिनु पर्ने अभिभावक र समुदायलाई सामाजिक कुरिती (बालविवाह, छाउपडी, घरेलु हिंसा आदि) का असरबारे सचेत गराउन कार्यक्रम सञ्चालन गर्नु पर्ने ,किशोरीहरूका लागि परामर्श सेवा, हेल्पलाइन, सुरक्षित आवास स्वास्थ्य सेवा उपलब्ध गरिनु पर्ने लगायतका सिंजाका किशोरीहरुले माग रोखेका छन । किशोरीलाई सामाजिक कुरितीबाट जोगाउन शिक्षा, कानुन, समर्थन प्रणाली, र समाजको सोचमा एकै साथ परिवर्तन ल्याउनु पर्ने सरकार वा संस्थाको मात्र होइन, हामी सबैको जिम्मेवारी हो ।










