आफ्नै भवन बनाउदै जुम्लाका स्थानीय तह

दिलमाया शाही
पछिल्लो समायमा जुम्लाका स्थानीय तह आफ्नै भवन बनाउन लागेका छन । जुम्लाको तिला गाउँपालिकाले ९ करोड ३० लाख रुपैयाँको बजेटमा आफ्नै कार्यालय भवन निर्माण गर्न थालेको हो तिला गाउँपालिकाले वडानम्वर ( २ को डुण्डेलीमा बुधबार आफ्नै भवनको शिल्यान्यास गरेको छ ।
तिलाका स्थानीयले गाउँपालिका भवन निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि पालिकाले भवन निर्माणको थालनी गरेको हो ।
संघीय, कर्णाली प्रदेश र गाउँपालिकाको त्रिपक्षिय लगानीमा पालिका कार्यालय भवन निर्माण गर्न लागिएको तिला दुइका वडाध्यक्ष कलिबहादुर रावतले बताए । उनले भर्ने सडक छेउमा गाउँपालिकालाई आम्दानी हुने गरी टहरा निर्माण पनि गर्ने योजना रहेको छ ।’
गाडेनसहितको प्रति भवनमा २४ कोठे तिन तले ३ वटा भवन बनाउने तयारी गरिएको तिलागाउँपालिकाले जनाएको छ । १६ रोपनी जग्जामा दुई वर्षभित्र पालिका भवन, विषयगत शाखाको भवन र पुस्तकालयसहितको तिन वटा भवन निर्माण गरिने छ ।
त्यस्तै सिंजा गाउँपालिकाले ६ करोड लागतमा वडा ( ३ नराकोट आफ्नै कार्यालय भवन निर्माण गर्न थालेको छ । तातोपानी गाउँपालिकाले पनि वडा – ३ लिताकोटमा कार्यालय भवन निर्माण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।
यस अघि चन्दननाथ नगरपालिका बाहेक सबै गाउँपालिका भाडाकै घरमा कार्यालय संचालन गर्दै आएका थिए । तातोपानी र तिला गाउँपालिकाले पालिकाको केन्द्र टुंगो लगाए पनि हिमा, कनकासुन्दरी, पातारासी गाउँपालिकाले पालिकाको केन्द्रसमेत टुंगो लगाउन सकेका छैनन् ।

सम्बन्धित समाचार