भिडभाड कम गर्न जुम्लाका शक्तिपिठमा निषेधाज्ञा
जुम्ला ःवडा दशैँको समयमा हुने भिडभाड कम गर्न प्रशासन कार्यालयले शक्तिपिठमा निषेधाज्ञा जारी गरको छ । कोभिडको महामारी भएकाले जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको हो । यति बेला विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड १९ को संक्रमण जुम्लामा पनि बढ्दो अवस्थामा छ । बडादशैं, तिहार लगायतका चाडपर्वमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जुम्ला जिल्ला भरीका रहेका सम्पूर्ण शक्तिपिठ, गुम्बा तथा मन्दिरहरूमा नित्य पूजा आजा बाहेक दर्शनका लागि मन्दिरमा गई जमघट तथा भिडभाड नगर्न र नगाराउनका लागी निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रशासनले अर्को सूचना जारी नभए सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपन्द्र थापाले बताए । उनले भने सबैले आफ्नै घरमा मात्र पूजापाठ लगायतका गतिविधि सञ्चालन गर्न हुन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले,‘कोही कसैले यो सूचना अवज्ञा वा उल्लंघन गरेको पाइएमा संक्रमण ऐन,२०२० तथा स्थानीय प्रशासन ऐन,२०२८ बमोजिम कानूनी कारवाही गर्ने चेतावनी समेत दिएका छन । ’
कोरोना महामारी विरुद्धको लडाई खेलबाड नगर्न निर्देशन समेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने कोरोनालाई सहज नठानौँ, यो प्राणघातक रोग भएकोले समयमै सचेतना अपनाऔँ । ’
जिल्ला प्रशासन कार्यालय जुम्लाले मध्यम र लामो दुरीका सवारी साधन सम्बन्धी सेवाहरूमा गत चैत ११ गते अघि कायम भएको नियमित भाडादर लागु गर्न निर्देशन गरिएको छ । साविक भाडामा कुनै पनि किसिमको थप भाडा लिन पाइनेछैन । दशंैँमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।








