जुम्लामा गणतन्त्र दिवस (फोटोफिचर )
जुम्ला :तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ।यस अवसरमा जुम्लामा पनी बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।जिल्ला प्रशासन कार्यालय जुम्ला जिल्ला समन्वय समितिको कार्यालय जुम्ला लगायत गणतन्त्र दिवसको मुल समारोह समिती जुम्लाको अयोजनामा गणतन्त्र दिवस मनाइएको हो । उक्त अवसरमा प्रभातफेरी ,निशुल्क स्वास्थ्य शिविर,कारागारमा रहेका कैदीलाई खेलकुदका समाग्री बिवरण गरी कोण सभा कार्यक्रम आयोजना गरिएको थियो ।
नेकपा ऐमाले पाटी जुम्ला जिल्लाका अध्यक्ष शन्तिलाल महतले रैतिबाट नागरिक बनेको दिनको स्मरण गरे । उनले पुर्व राजतन्त्रको ब्यवस्था फालेले गणतन्त्र आएको बताए ।उनले गणतन्त्रले नागरिकलाई बन्दको ब्यवस्थाबाट स्वतन्त्रता पाएको बताए । उनले केही खराब तत्वले गणतन्त्र स्थापना भएको परिवेश बिर्सेको बताए । उनका अनुसार समाजिक संञ्जालको हल्ला हेरेर गणतन्त्र व्याख्या गर्न नहुने बताए ।गणतन्त्रले ल्याएको चेनतस्तरको महत्त्व लाई नागरिकले ग्रहण गर्नु पर्ने औल्याए ।
त्यस्तै संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौत्तम कुंवरका अनुसार जनयुद्ध जनआन्दोलनको बलिदानीले आएको गणतन्त्र हो । उनले यो अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरिन । उनलेसङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण सबैले गर्नु पर्ने बताइन । उनले गणतन्त्रको ब्यवस्था ल्याई सामाजिक न्याय, समावेसीता ,स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न धेरै आन्दोलन र सङ्घर्षमा यातना सहन परेको बताइन । उनले यसको रक्षा गर्न सबै नागरिकलाई जाग्नु पर्ने बताईन । उनले यो ब्यवस्थामा पनी पहुँचवाला नागरिक र अरु नागरिकलाई कानुनी न्यायमा विवेद रहेको बताइन ।
त्यस्तै गणतन्त्र दिवसको मुल समारोह समिती जुम्लाका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले गणतन्त्रमा धाबा बोल्नेहरुले रैती हुदाको अवस्था बुझ्न नसकेको बताए । उनले संविधान दिएको यो ब्यवस्था बचाउन सबैले रक्षा गर्ने जिम्मा सबै लाग्नु पर्छ ।
उनले १८ओै गणतन्त्र दिवसको अवसारमा कारागारका कैदी लाई खेलकुदका समाग्री समाजिक बिकास कार्यालयको सहयोगमा बितरण गरिएको बताए । उनका अनुसार प्रशासन अगाडी जनस्वाथ्य सेवा र प्रतिष्ठानको सहयोगमा स्वास्थ्य शिविर राखिएको छ । उनले संघियता आएपछि आएका जनप्रतिनिधिले नागरिकको अपेक्षा अनुरुप काम गर्न नसिएको देखिन्छ । यो ब्यवस्थाको संस्कारी शिक्षा युवा पूस्तामा सिकाउन सकेनौं शहरी क्षेत्रमा बसेर समाजिक संञ्जालको दुरुपयोग गर्नेहरुले पुर्व राज ठिक थियो भन्ने जस्ता भ्रमपुण अभिब्यक्ति दिन थालेको बताए ।
त्यस्तै जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ।
जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकार प्रति अटुट आस्था राख्दै यो दिवसलाई पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ। गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्र विन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नु पर्ने छ