समावेसी शिक्षा र शैक्षिक पूर्वाधार टेवा पु¥याउदै आएको आधार परियोजना हस्तान्तरण

जुम्ला :समावेसी शिक्षा र शैक्षिक पूर्वाधार टेवा पु¥याउदै आएको आधार परियोजना हस्तान्तरण, गरिएको छ ।प्लान नेपालको आर्थिक सहयोगमा प्रेस नेपालले संञ्चालन जुम्लाको सिंजा क्षेत्रका हिमा ,सिंजा कानका सुन्दरी गरी तीन स्थानी यतहमा २२ महिना देखी संचालित आधार परियोजनाले हस्तान्तरण गरिएको हो ।

प्रेस नेपालका कार्यकारी किशोर न्यौपानेका अनुसार यस परियोजनाले २ सय २१ वटा शैक्षिक पूर्वाधार निर्माण सामुदायिक विद्यालयको शैक्षिक सुधारका र पूर्वाधार निमार्ण गरिएको छ । उनले भने,तिन वटा पालिकाका १ सय २१ वटा विभिन्न पूर्वाधार निर्माण गरेको हो ।उनले प्लाईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा संञ्चालन भएको आधार परियोजनाले भूकम्प प्रतिरोधी विद्यालय भवन,मैत्रीपूर्ण भनव शौचालय,खानेपानी मर्यादित महिनावारीका क्षेत्रको गरेको बताए ।

कार्यकारी न्यौपानेका अनुसार २०६३ सालमा स्थापना भएको पेश नेपालले सामाजिक रुपान्तरण,पूर्वाधार विकास,जलवायू अनुकुलन,समावेशी शिक्षा,जीविकोपार्जन तथा पोषण बृद्धि,विपद व्यवस्थापन लगायतका क्षेत्रमा विभिन्न २५ वटा दातृ संस्थासंग सहकार्य जुम्ला,मुगु,कालिकोट र सुर्खेतमा काम गर्दै आएको हो । परियोजनाले प्रतिवेदन सहित परियोजना सिजाका तीनै पालिकालाई हस्तान्तरण गरिएको छ ।पेस नेपालको आयोजनामा आदान प्रदान,सार्वजानिक सुनुवाई तथा परियोजना हस्तान्तरण कार्यक्रम गरिएको थियो ।
त्यस्तै पेस नेपालले प्रतिवेदनमा आधार परियोजनाले सिंजा क्षेत्रका सात करोड ९३ लाख ३७ हजार २३५ रुपैया लगानी गरेर सामुदायिक विद्यालयका पूर्वाधार निर्माण गरिएको छ ।

सिजाका तीन पालिकाका ५ वटा विद्यालय भवन तथा २० वटा कक्षा कोठा,६ मैत्रीपूर्ण शौचालय र १८ वटा शौचालय कोठा,४२ वटा खानेपानीका धारा,२० वटा कक्षा कोठामा काठको सिलिङ, मर्मत,प्लाष्टर,नाली निर्माण गरिएको छ ।
त्यस्तै, ६ वटा विद्यालयको ६५ मिटर पक्की घेराबार निर्माण,५ वटा शौचालय सहित सुविधा,१० वटा खानेपानी स्टील ट्यांकी सहयोग लगायतका योजना र कार्यकारी गरी झण्ड १सय २१ वटा पूर्वाधार निर्माण गरिएको बताइएको छ ।

परियोजना मार्फत ३ पालिकाका १० वटा विद्यालयका १सय २८ शिक्षक, ३१ सय ६८ विद्यार्थी, ५४ सय ९७ जना अभिभावक र १ सय ८० जना सामुदायिक कार्यकर्ता प्रत्यक्ष लाभान्वित भएका पेस नेपालको दाबी छ । भने शैक्षिक पूर्वाधार निर्माणमा परियोजनाको बजेट अलवा तीन वटा स्थानीयतहले करिब १३ लाख रुपैयाँ लगानी गरेका हो ।पेश नेपालका विभिन्न कार्यक्रम मार्फत हाल सम्म जुम्लाका ७५ हजार ९४७ जना प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् ।

त्यस्तै कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले बढ्दो भूकम्पीय जोखिम तथा बालमैत्री कक्षा कोठाको अभावले विद्यार्थीहरु समस्या परेको छ । उनका अनुसार पेसले गरेको मैत्रीपूर्ण शौचालय, हात त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले संचालित आधार परियोजनाले दुर्गमका विद्यालयको अभावलाई पुर्ति गरेको बताए । उनले यहाको शैक्षिक क्षेत्रमा पेस नेपालले गरेको काम राम्रो भएको बताए ।

 

 

सम्बन्धित समाचार