बुहारी मात्रै होइनन,छोरीहरु प्रति पीडित छन : सांसद बिनिता कठायत
जुम्ला : संघिय सांसद बिनिता कठायतले हाम्रो समाजमा महिला र बालिकामाथि हुने शोषण र हिंसाका पक्षलाई उजागर गर्न आबश्यक रहेको छ । उनले भनेकी,जुम्लाका बुहारी मात्रै होइनन, छोरीहरू पनि पीडित छन्। यसले परिवारभित्रका संरचनात्मक असमानता र हिंसाका जटिल पक्षलाई जनाउँ गरेको छ । उनका अनुसार महिला र बालिका माथि हुने यौन हिंसा र शोषणका घटनाहरू गम्भीर समस्या बनेका छन ।
सामाजिक कलंकको डर र कानुनी प्रावधानहरूको अभावका कारण यस्ता घटनाहरूको रिपोर्टिङ र न्यायप्राप्ति कठिन गरेको पाइन्छ ।
सांसद बिनिता कठायतले समाजमा यस्ता समस्याहरूको गहिरो विश्लेषण र समाधान गर्न ध्यानाकर्षण भएको बताइन । उनका अनुसार हाम्रो समाजमा लिखित भन्दा पनी अखिति कानुनलाई मान्यता दिने गरिएको छ । यसलाई कार्यन्वय गर्न सबै लाग्नु पर्छ ।उनले छेरीलाई शिक्षा दिने कुरा देखि हरेक कुरामा घरपरिवगारबाटै असहयोग हुने गर्छ । संविधानमा महिला मैत्री बनेको छ तर कार्यान्वय पक्ष छैन ।
सांसद कठायतले ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जालको आयोजना भएको निर्वाचित नजप्रतिनिधि र सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै लाखौं खर्च गरेर परदेश पलायन हुनेको संख्या दिनहुँ बढ्दै छ। हाम्रोजस्तो विकासोन्मुख देशका सक्षम युवा विकसित देशको सुख, सुविधा र देखेर हजारौं युवा उतै आकर्षित भइरहेका छन्। उनीहरुलाई स्वदेशमै रोजगारीको ब्यवस्था गर्न स्थानीय सरकार पनी जागरुप हुन आबश्यक छ ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा मानव अधिकारको अवस्था र मानव अधिकार प्रवद्र्धन र संरक्षणका विषयमा सबै लाग्नु पर्ने चन्दननाथ ५ का वडाध्यक्ष बृख बहादुर कार्कीले बताए । उनका अनुसार मानव अधिकार रक्षक समाजका रक्षक हुन् ।उनले भने, गाउँ समाजमा हुने विकृति, कुरिति, मानव अधिकार उल्लङ्घनका विषयमा मानव अधिकार रक्षकले खबरदारी अबश्यकछ । हामी जनप्रनिधिका हिसाब सधैभरी साथ सपोट रहने छ ।
त्यस्तै रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले मानव अधिकारको विषयमा बोल्न र काम गर्नको लागि अध्ययन शील, तटस्थ र निष्पक्ष हुनु पर्ने बताए ।उनले , जिल्लामा मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ ।सञ्जालका सवै सदस्य सङ्गठित भएर मानव अधिकार उल्लघङ्नका विषयमा आवाज उठाउदै बिभिन्न निकायलाई ध्यानाकर्षण गर्दै आएको छ ।उनले युवाहरू सिर्जनशील, उत्साह, जोसजागर अध्ययनशील र नयाँ प्रविधिसँग जोडिएकाले समाज रुपान्तरणमा युवाको सशक्त भूमिका रहने बताए ।
त्यस्तै युवा मानव अधिकार रक्षक सञ्जालका उपाध्यक्ष आशा न्यौपानेले मानव अधिकारको रक्षा गर्न हामी सबैको दाियत्व रहेको बताइन ।उनलका अनुसार, मानव अधिकारको उल्लंघनलाई रोक्न र समाजमा समानता र न्यायको स्थापनाका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक छ।
त्यस्तै, सञ्जालका महासचिव दिपेन्द्र रावतले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन नसक्नु राज्यको ठूलो कमजोरी भएको टिप्पणी गरेका छन्। उनले भने, “राज्यले यदि युवालाई उनको योग्यता र क्षमताअनुसारको अवसर दिन सक्ने हो भने, दिनहुँ विदेश जाने युवाको सङ्ख्या घटाउन सकिन्छ । उनले “मानव अधिकार संरक्षक कसरी गर्न सकिन्छ भन्ने तर्फ स्थानीय सरकारको जिम्मेवारी नभएको बताए । उनका अनुसार स्थानीय सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी, नागरिकता, सामाजिक सुरक्षा लगायतका आधारभूत सेवाहरू पहुँचमा ल्याउनु मानव अधिकारको संरक्षण हो तर यस्तो हुन नसकेको बताए ।