चन्ननाथ नगरपालिकाका मेयर सेजुवाल लाई कोरोना
।
जुम्ला ःचन्दननाथ नगरपादिलकाका मेयर कान्तिका सेजुवाललाई कोरोना संक्रमण भएको छ। मेयर सेजुवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। मेयर सेजुवालले कोरोना भाइरसको महामारीको समयमा नागरिको सुखदुखमा साथ दिने सिलसिलामा आफु पनि संक्रमित भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन्।








