नेपालको आर्थिक बृद्धिद्धर ः सन् २०२१ मा ०.६ प्रतिशतपुग्ने विश्व बैंकको अनुमान ।

सन् २०२१मा नेपालको आर्थिक बृद्धिद्धर ०.६ प्रतिशतपुग्ने विश्व बैंकले अनुमान गरेको छ । विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनकाअनुसार कोरोना र लकडाउनले पर्यटन क्षेत्रमा पु¥याएको असरकाकारणसन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१मा०.६ प्रतिशतपुग्ने छ । आज सार्वजनिकगरिएको अर्धवार्षिक जानकारी अनुसार महामारीको असर कायमै रहेकाकारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको छ ।

जसकाकारण अनौपचारिक क्षेत्रकाकामदारहरू सबैभन्दा बढी मारमा परेका छन् । अनौपचारिक क्षेत्रमाकार्यरत हजारौंले रोजगारी गुमाएकाकारण लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमाधकेलिँदै गएको विश्व बैंकको प्रतिवेदनमाउल्लेख छ।पछिल्ला पाँचवर्षहरूमालगातार वार्षिक ६ प्रतिशतको हाराहारीमारहेको दक्षिण एसियाको आर्थिक सङ्कुचन दर सन् २०२० मा७.७प्रतिशतले सङ्कुचितहुने आकलनसहित यस प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षागरिएको भन्दानिकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान छ ।जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्तिआय सन् २०१९ माअनुमानगरिएभन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमाहासिलगरिने आर्थिक वृद्धिले पनिविद्यमानमहामारीको स्थायीआर्थिक क्षतिलाई परिपूर्ति नगर्ने विश्व बैंकले जनाएको छ । अघिल्ला मन्दीहरूमा खस्कँदो लगानी र निर्यातले गिरावट ल्याउने गरे पनियसपालिको आर्थिक मन्दी फरक भएको विश्व बैंकको भनाइ छ । निजीउपभोग १० प्रतिशतले घट्ने भएकाले गरिबीको दर पनि बढ्ने विश्व बैंकको प्रतिवेदनमाउल्लेख छ ।

सम्बन्धित समाचार