शिक्षा ,स्वाथ्य र पुर्वधारमा जोड दिइने ः सामाजिक बिकास मन्त्री रावल ।

जुम्ला ः कर्णालीको शिक्षा, स्वास्थ्य ,र पुर्वधारको लागी बिषेश जोड दिइने कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले बताएका छन ।सामाजिक बिकास मान्त्रालय बाट संञ्चालन भएका बिकासे आयोजनाको अनुगमान गर्न जुम्ला पुग्नु भएका मन्त्री रावलले यस्तो बताएका हुन । उनले भने कर्णालीको गुणस्तर शिक्षा , र स्वास्थ्य क्षेत्रको बिकास गर्नका लागी पुर्वधार एक महत्पुर्ण रहेको बताए । उनले भने , हामी कर्णाली प्रदेश बाट संञ्चालन भएका योजनाहरु प्रभाकारी भए नभएको बारेमा प्रत्यक्ष स्थलमा पुगेर नागरिकसंग सुझाव लिएका छौ । समग्रह रुपमा जुम्लाका नागरिकका समस्या र समाधानका बिषयमा नागरिकसंग छलफल गर्न पुगेको बताए ।

बिकासे योजनाहरुको अनुगमानको लागी जुम्ला पुगेका मन्त्री रावलले तिलागाउपालिका ५मा निमार्ण सम्पन्न भएको दुई तले आठ कोठे भवन उद्धघाटन गरेका छन । उक्त भवन तिलागाउपालिका र संयुक्त राष्टीसंघ कार्यक्रम अन्तरगत्त युएन डिपीको आर्थिक सहयोग ,कर्णाली एकृकित ग्रमिण बिकास तथा अनुसन्धन केन्द्र, किडार्क) नेपाल जुम्लाको सरकारको समन्वय तथा सहकार्यमा निमार्ण सम्पन्न भएको प्रस्ताबित कालिका माबि मुलको उद्धघाटन गरेका हुन ।

मन्त्री रावलले नागरिकको लागी घरदैलोमा शिक्षा स्वास्थ्यको ब्यवस्थापन गर्नु हाम्रो दायित्व रहेको बताए । उनले थपे गुणस्तरिय शिक्षाको ब्यवस्था गरी राजनितिकमा मात्रै होइन राष्ट र देशका लागी दक्ष जन शक्ति उत्पादन गर्न तर्फ लाग्ने छौ ।मन्त्री रावलले नागरिकको गुनासो लाइ मध्यनजर गर्दैै कर्णाली प्रदेश सरकार गरिब र अशिक्षा हटाउन तर्फ लागी परेको बताए । त्यस्तै तिलागाउपालिका ५का वडा अध्यक्षले जुम्लाको तिला गाउपालिका बिकासको हिसावले पछाडी परेको बताउदै नागरिकको जनजिविका संगसरोकार रहेको बिकास निमार्णमा पक्षबाद गर्न नहुने बताए । उनले भने तिलागाउपालिकाका एक वडामा मात्र बिकास गरेर हुदैन ।एक देखी नौ वडा सम्मको बिकास गर्न साझा एजेण्डा आवश्यक रहेको छ । कोठे भवन निमार्णको लागी जग्गा दिने जग्ग दातालाई र निमार्ण समितिलाई एक औचारीक कार्यक्रम मार्फत मंगलबार सम्मन पत्र दिएर सम्मन गरिएको छ ।

बिद्यालय निमार्णको लागी जग्गा दिने जग्ग धनी लालबहादुर शाही , शिवलाल शाही, पृथ्वी बहादुर शाही , नरबहादुर शाही , हस्त बहादुर शाही , शरण बहादुर शाही , नरबहादुर सिहं लगायतका जग्जा धनीलाई सम्मन पत्र दियर सम्मन गरिएको हो । यस अघि किर्डाक नेपाल जुम्लाले शिक्षा, उत्थानशिलता, कृषि तथा आर्थिक विकास परियोजना, विपद् जोखिम व्यवस्थापन र बाल संरक्षण परियोजनाले गरिबी न्युनिकरण , खाने पानी लगायतका क्षेत्रमा महत्पूर्ण भूमिका खेल्दै आएको छ