सिजाका स्थानिय द्धारा कृषि विश्वविद्यालय र मालपोत कार्यालय बनाइदिन माग ।

दिलमाया शाही
जुम्लाको सिँजा क्षेत्रमा कृषि विश्वविद्यालय र माल पोत कार्यालय बनाइदिन स्थानीयले माग गरेका छन् । कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी संग उनिहरुले माग गरेको हुन ,। भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट सञ्चालित योजना अनुगमन गर्न जुम्ला पुगेकी मन्त्री केसीलाई कृषि क्षेत्रको विकासका लागि कृषिविश्व विद्यालय आवश्यक रहेको बताएका हुन् ।
मन्त्री केसी यती बेला प्रत्यक्ष योजना स्थलमा पुगेर किसान संग छलफल व्यस्त छन । कृषि क्षेत्रका समस्या र समाधानका बिषयमा नागरिकसंग छलफल गरेकी हुन । त्यहीक्रममा नराकोट पुगेकी कृषिमन्त्री केसीलाई स्थानीयले कृषि विश्व विद्यालय र सिजामा मालपोत कार्यालयको स्थापना गर्न माग गरेका छन ।
कृषिमन्त्री घरदैलोमा पुगेको बेला सिजाका स्थानीय नन्दराम रोकायाले कृषि विश्वविद्यालय विना कर्णालीको कृषि क्षेत्र फराकिलो नहुने बताए । उनले भने,‘हामी उत्पादन गछौ तर रोगकिरा लागेको खण्डमा थाहा हुदैन त्यसकारणले हाम्रो लगानी खेर जान्छ । किसन खेती पाति तर्फ आर्कर्षि भएपनि पछिल्लो समयमा रोग किराको प्रकोप देखिन थालेपछि निकै पिडा थपिएको छ । ’सिजा क्षेत्रको बालीनालीमा अनुसन्धान गर्न सक्ने, रोगकिराको पहिचान गर्न सक्ने र नियन्त्रण गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि कृषि विश्वविद्यालय अपरिहार्य भएको उनिहरुको भनाइ । कर्णाली प्रदेश सरकारले कृषि विश्वविद्यालयको अवधारणा अघि सार्न सकेको खण्डमा दक्ष जनशक्ति जुम्लामै उत्पादन भएर बालीनालीको उचित रेखदेख र संरक्षणमा लगाउन सकिने अवस्था छ । ’

सिँजा क्षेत्रमा चारवटा गाउँपालिका छन् ,। त्यहा स्थानियलाइ जग्गाको कारोबार गर्न परेको खण्डमा हप्तौ दिन लगाएर जुम्ला,खलंगामा पुग्नु पर्ने बाध्यता छ । उनिहरु कृर्षिको लागी र मालपोत कार्यालयको लागी पहल अगाडी बढाइ दिन मन्त्री केसी मार्फत अनुरोध गरेको हुन । अनुगमनका क्रममा स्थानीयले मालपोत कार्यालय स्थापना गर्न समेत माग गरेका थिए । भुमि व्यवस्था तथा कृषिमन्त्री विमला केसीले कृषि क्षेत्रमा जनताको लगाव निकै प्रसंसनीय रहेको बताइन् ।

कृषिमन्त्री केसीले कालिकोटको सिमाना नाग्मबजार हुदै सिँजा गाउँपालिकाको नराकोट सम्म र गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिकामा सञ्चालित योजनाको अनुगमन गरेकी छन । अनुगमनमा कृषिमन्त्री केसी, पुर्व पशुपंक्षी राज्यमन्त्री गोमा कुँवर, तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा,हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकाया र मन्त्रालय संग सम्वन्धित कार्यालयका प्रमुख सहभागिता रहेको थियो ।