जिल्ला स्तरीय दलित पुरुष फुटबल प्रतियोगिताको उपाधी देउती कैलाश युवाक्लव लाई (फोटो फिचर)


जुम्लाः जुम्लामा दलित सेवा संघले आयोजना गरेको जिल्ला स्तरीय दलित पुरुष फुटबल प्रतियोगिताको उपाधी तिला गाउँपालिका – ३ देउती कैलाश युवाक्लव कुडारीले पाएको छ । फुटबल प्रतियोगिताको फाईन खेल समाज चेतना यूवा क्बल हियाखोला र देउती कैलाश यूवा क्बल कुडारी बीच भएको हो ।


फाइनल खेलमा तातोपानी गाउँपालिका – ६ हियाखोलाको समाज चेतना युवाक्लवलाई पेनाल्टी सुटआउटमा २ गोलका विरुद्ध देउती कैलाश युवाक्लवले ३ गोल प्रहार गरी विजयी भएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम सार्कीले बताए । उनका अनुसार यस अघि खेलमा दुवै क्लव एक÷एक गोलको बराबरी भए पछि पेनाल्टी सुटआउटमा देउती कैलाश युवाक्लवले ३ गोल प्रहार गरी विजयी भएको छ । दलित सेवा संघ जुम्ला शाखाले बनाएको ब्यानरको मुख्य नारा जात न सोध आचरण सोध भन्ने राखेको थियो । भने स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र दलित एकताका लागि खेलकुद भन्ने साहयक नारा सहित यहि कात्र्तिक १९ गते सहित जिल्ला स्तरीय दलित खुला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
त्यस्तै विजयी युवाक्लवलाई ट्रफी, मेडल, प्रमाण पत्रसहित ६६ हजार ६७० रुपियाँ र दोस्रो हुने अर्थात उपविजेता युवाक्लवलाई ३३ हजार ३ सय ३५ रुपियाँ भ्याट सहित पुरुस्कार प्रदान गरिएको दलित सेवा संघ जुम्लाका सचिव रामबहादुर नेपालीले बताए । सेनाको टुडिखेल मैदानमा ६ दिनसम्म सञ्चालन भएको फुटबल प्रतियोगितामा जिल्लाभरबाट १७ वटा टिम सहभागी रहेको रहेका थिए ।


त्यस्तै स्थानीय सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धितालले दिलत सेवा संघले आयोजना गरेको खेल कुद प्रतियोगिता प्रति आफु सँधै सकारात्मक भएर लाग्ने बताए । उनले खेलकुद क्षेत्रमा दलित समुदायका युवाहरुले पनी आफ्नो खेल प्रर्दशन गर्न पाउने अबसर भएको बताए । उनले खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण गर्दै गएको र अझ गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे।


त्यस्तै जिल्ला फुटबल संघ एन्फाका अध्यक्ष भरत बहादुर बुढ्थापाले दलित कमिनिटीका खेलाडीहरुलाई क्वल दर्ता गरी एन्फामा आउन अनुरोध गरे । उनले खेलाडीले सबै भन्दा पहिले त फुटबलको नियम कानुन बुझन जरुरी रहको बताए । उनले दलित सेवा संघल गरी उत्कृष्ट खेल्ने खेलाडीलाई एन्फामा स्वागत गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


त्यस्तै राप्राका केन्द्रीय नेता मनसुर सुनारले दलितहरुका युवाहरुका लागि अनिवार्य भएको बताए । उनले आठ वटा स्थानीय तहले सहयोग गरेको कार्याक्रमा नगरपालिकाका जनप्रतिनिध नआएको भन्दै खुद ब्यक्त गरे । उनले जिल्लाकै दिलित युवाहरु बिचको फुटबल खेलले उर्बर भूमि सावित भएको बताए । उनले दलित युवा खेलाडीलाई आगामी दिनमा राष्ट्रियस्तरका खेलाडीको रुपमा चिनिन शुभकामना दिए ।

त्यस्तै तिला पाँचका वडाध्यक्ष ललित बहादुर शाहीले स्वस्थकर अनुशासित खेलले व्यक्ति आफू मात्र स्वस्थ नभई असल सोचको विकास, जीवन र समाज पनि परिवर्तन हुने बताए । उनले आयोजक दलित सेवा संघलाइ प्रतियोगिताले गरेको प्रति अभार ब्यक्त गरे । उनले भने, खेलमा हार जित हुन्छ यो खेलको नियम हो । उपविजेता खेलाडीलाई भातृत्व, मैत्रीपूर्ण सम्बन्ध स्थापित गरी सामाजलाई स्वस्थ हुनका लागि खेलको अपरिहार्यताको रहेको भन्दै असल सन्देश प्रवाह गर्न अनुरोध गरे।

सम्बन्धित समाचार