जुम्ला :जुम्लाको तिला गाउँपालिका–१ रारा गाउँका गाउँका नागरिकहरु वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी अहिले सम्म खानेपानी अभाव भोग्न बाध्य छन।
केही समय पहिले अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगरेका कारण योजना सफल हुन सकेन। संघियता पछि आएको स्थानीय सरकारले ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो बजेट सकियो पानी गाउँमा पुगेन ।अहिले सम्म रारागाउँ काकाकुल छ ।
त्यस्तै तिलागाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले उक्त खानेपानी योजनाको यहि कात्र्तिक ६ गते सिलान्यास गरिएको बताइन ।उनले तत्काल काम सुरु गर्नका लागी पानीको मुहान भएको गुम्छा गोईला भन्ने ठाउँमा कामदारको टोली तत्काल जाने बताइन ।उनका अनुसार गत्त वर्ष शक्ति बहादुर बस्नेत खानेपानी तथा उर्जा मन्त्री हुदा संघिय सरकारले ५०लाख बजेट हालेका थिए । उनले केही रकम पालिका र जल परियोजना सहयोग गरेको बताइन ।
त्यस पछि काम हुन सकेन । उनका अनुसार नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङ र पालिकाकाका जनप्रतिनिधिको पहलमा राट्रिय योजना आयोगबाट १ कारोड ५० लाख बजेट आएपछि काम सुरु गरिएको छ । योजना २०८३ सम्म सम्पन्न हुने हो ।यस पटक पालिकाले पनि ५० लाख बजेट छुट्याएकाे छ ।
त्यस्तै तिला गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत टेक बहादुर बुढथापाले सिलान्यासको काम सकेर जिम्मेवारी पाएको टिम काम तर्फ लागेको बताए । उनले पहिलो चरणको खरिद सामग्रीको काम सुरु भएको बताए । उनले पालिकाको रारा खानेपानीको लागी बजेट माग गरेको थियो ।
पालिकाले मागेबोमोजिमको रकम गत्त साल आएन ।उनका अनुसार नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङले पहल गरे पछि यस पटक राट्रिय योजना आयोगबाट १ कारोड ५० लाख रकम आएको हो ।सांसद लामा तामाङको पहलमा यस पटक राट्रिय योजना आयोगले बिषेश योजना अन्तरगत्त राखेर बजेटको ब्यवस्था गरेको हो ।
त्यस्तै तिलाको रारा गाउँमा तीन वर्षभित्र सम्पन्न हुने खानेपानी अयोजनाको आर्थिक वर्ष २०८०÷८१ मा पालिकाले भ्याट सहित ५ कारोड ९१ लाखको टेण्डरे आह्वान गरेको थियो । ठेक्का आह्वान गरेकोमा चार करोड ४ लाख ३६ हजार ७७ रुपैयामा निर्माण कम्पनी शिवदुउती,सुलोचना,बजु जेभीसँग तीन वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको प्राविधिक शाखाका प्रमुख धन प्रसाद चौलागाईले बताए ।जुम्लाको तिला गाउँपालिका–१ मा रहेको रारा गाउँ अहिले सम्म खानेपानीको चरम समस्या भाेग्दै आएको छ। नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङको पहलमा राट्रिय योजना आयोगले बिषेश योजनामा राखिएको यो आयोजनाकाे पानी खाने पाउने प्रखाईमा राराका नगारिक रहेका छन ।
नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङले रारागाउँका नागरिकको खानेपानीको समस्यालाई बुझेर सहयोग गर्ने सम्पुर्ण लाई आभार ब्यक्त गरिन । उनले भनिन,‘ काम सूरु भएको छ ।बिकासमा कुनै राजनितिक गर्न हुदैन सबै लागेर यहाको योजना सफल जार्न अनुरोध छ । उनले भनिन, यहाका नागरिकलाई खानेपानी पुगाउने हाम्रो पनी दायित्व हो ।पालिकाका अध्यक्ष मोतीलाल रोकाया उपाध्यक्ष गोरीकला बुढा लगायतको टिमले पालिका बाट योजना माग गरेका थिए । म जुम्लाको सांसद भएको हिसावले पहल गरेको हु ।