जुम्लामा ६९ औँ प्रहरी दिवसः उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरुस्कृत

जुम्ला :देशभरी ६९ औँ प्रहरी दिवस जुम्ला प्रहरी कार्यालयले पनी मनाएको छ । प्रहरी संगठन स्थापना भएको ६९ औ वर्षमा प्रवेश गरेकोले देशभरि नै प्रहरी दिवस मनाएको हो ।त्यस्तै जुम्ला जिल्लामा पनि एक कार्यक्रम गरि नेपाल प्रहरी दिवस मनाएको छ ।


प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीको प्रमुख आतिथ्यको गरिएको कार्यक्रममा जिल्ला भरी कार्ययत रहेका प्रहरी कर्मचारी हरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी ,अमर, तथा भुत पुर्व प्रहरीका परिवारजनहरु ,नेपाल प्रहरी विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्ति संघ संस्थाहरुलाई कदर पत्र सहित सम्मान गरेको छ ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले सरकारले प्रहरीलाई गर्ने लगानी देशका लागि गर्ने बताए । उनले प्रहरी सक्षम भए नागरिकले दुःख पाउनु नपर्ने बताए ।उनका अनुसार भएका अपराधको अनुसन्धान छिटो छरितो हुन्छ। अपराधी छिटो पत्ता लाग्छ र सजाय पाउँछ। अन्य अपराधीको मनोबल कमजोर हुन्छ। समाजमा शान्ति सुरक्षा अमनचयन कायम हुन्छ। प्रहरी आफैमा भौतीक संरचनाको अभाबको समस्या झेल्दै आएको छ । प्रजिअ शाहीले यो दिवसले नागरिकको भरोसायुक्त सक्षम प्रहरी बन्ने जस्तो नेतृत्व विकासको असल संस्कार विकास गर्नेछ भन्दै शुभकामना ब्यक्त गरे ।


त्यस्तै दिवसको अवसरको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले नागरिकका बारेमा प्रहरीको चिन्ता, सेवाभाव, प्रतिवद्धता जस्ता कार्य हुन पर्ने बताए ।उनले भने,‘अपाराध न्युनिकरणका लागी चन्दननाथ नगरपालिका क्षेत्रमा सिसिक्यामरा जडान हुन नसेको बताए । यो दिवसले प्रहरीले नागरिकलाई दिनु पर्ने सेवामा के परिवर्तन आयो र नागरिकका बीचमा कति सहयोग र सद्भाव वृद्धि भयो भन्ने कुरा महत्पुण हुने बताए । उनले पत्रकारहरुले प्रहरीले गरेका राम्रो कामको प्रशंसा र गलत कामको खवरदारी गर्न तयार भएको बताए ।


त्यस्तै पुर्व प्रहरी निरीक्षक बल बहादुर महतले नागरिहरुलाई अप्ठ्यारो पर्दा कार्यालयकै सवारी साधन वा अन्य नजिक रहेका सवारी धनीहरुको सहयोगमा आपतकालीन सहयोग गर्ने जसता मानवीय कार्य गर्ने, पूर्व प्रहरीहरुसँग सहकार्य गर्नु पर्ने बताए । उनले हिजोको प्रहरी भन्दा अहिलेको प्रहरी स्रोत सादनले भरी पुर्ण रहेको बताए । उनले आफु आबद्ध भयर सेवा गरेको संगठन भएकाले प्रहरीको काम देखी खुसि लाग्ने गरेको बताए ।

त्यस्तै जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले खटाएको ठाउमा आफ्नो जिम्मेवारी मेहिनतका साथ पुरा गर्ने र कार्यक्षेत्रमा अनुसाषित ढंगले काम गरेका प्रहरी कर्मचारीहरुलाई पुरुस्कृत गरिएको बताए ।उनले प्रहरी दिवस यसरी प्रहरीको मात्र नभएर नागरिकको पनि प्रिय दिवस बन्न सकोस् भन्ने सन्देश दिन खोजेको बताए । उनले प्रहरी दिवस सफल पार्नका लागी सहभागी भएका सबैलाई शुभेच्छाका साथ प्रहरी दिवसको शुभकमना ब्यक्त गरेका छन ।

सम्बन्धित समाचार