जुम्लामा प्रहरी दिवसको अवसरमा खेलकुद प्रतियोगिता हुर्दै(फोटोफिचर )


जुम्ला :६९ औँ नेपाल प्रहरी दिवस २०८१को अवसरमा जुम्ला प्रहरीले खेलकुद प्रतियोगिता गर्ने भएको छ । ६९ औं प्रहरी दिवस, २०८१ को जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा विविध खेलकुद तथा अतिरिक्त गतिविधि प्रतियोगिता गर्न थालिएको हो ।


प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन,भलिबल,क्यारम र फुटबल प्रतियोगिता गरिने भएको प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार भलिबलमा ३ वटा ,क्यारम २ वटा ,ब्याडमिन्टन १४ वटा र फुटबलमा ३ टिम रहेका छन ।


त्यस्तै नेपाल प्रहरी लगायत सुरक्षाकर्मीहरु चार्ड पर्वको समयमा पनी घर बिदा जाननपाउने भएको उनीहरुको मनोबल उच्च पार्नका लागी पनी यस्ता खालका प्रतियोगिता आयोजना गरिएको हो ।यस प्रतियोगितामा शसस्त्र प्रहरी बल ,कर्णाली प्रदेस प्रहरी विपद् ब्यवस्थापन गुल्म जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लाका खेलाडी बिच हुने छ ।


जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले खेलकुदका समाग्री हस्तारण गरी प्रतियोगिताको उद्धघाटन गरेका छन । उनले खलेमा हार जित सभाभिक भएकाले खेलाडीलाई फलताको शुभकामना ब्यक्ति गरे । उनले आउँदै गरेको बिजय दशैं र नेपाल प्रहरी दिवसको अग्रमी शुभकाना ब्यक्त गरेका छन ।


त्यस्तै जिल्ला खेलकुद समितिका सदस्य सचिब संगिता आर्चायले खेलकुदको आफ्नै महत्व रहेको बताइन । उनले खेल क्षेत्र कुनै ब्यक्ति बिशेष मात्रै नभइ सिंगो राष्ट्रको पहिचान रहको बताइन । उनले नेपाल प्रहरी जनताका लागि आवश्यक परेका बेला तत्काल घटनास्थल पुग्न सके र पीडितको उद्धार तथा न्यायमा प्रमाणको पहुँच पुग्न सके अपराधी निरुत्साहित हुने बताइन । उनले दसैँ तिहार जस्ता चाडपर्व नभनेर सुरक्षामा खटिने, बाढी पहिरो भूकम्प जस्ता विपत्तिमा खटिने प्रहरीको दुःख सबैले बुझ्न जरुरी छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले नागरिहरुलाई सुरक्षा दिने निकाय प्रहरी हो । तर यसले अप्ठ्यारो पर्दा आपतकालीन सहयोग गर्ने जसता मानवीय कार्यमा ध्यान दिन जरुरी छ । उनले सञ्चार माध्यमहरुसँग राम्रो सम्बन्ध राख्ने सूचना सम्प्रेषणमा सहयोग लिने र राजनीतिक नेताहरुसँग तटस्थ रहेर सेवा प्रदान गर्ने जस्ता कार्यले मात्रै प्रहरीले दिने सेवा जनमुखी हुने बताए । उनले आउदै गरेको प्रहरी दिवस यसरी प्रहरीको मात्र नभएर नागरिकको पनि प्रिय दिवस बन्न सकोस् भन्ने सचेत नागरिकको अपेक्षा रहेको भन्दै सम्पूर्ण प्रहरी परिवारमा सफलताको शुभकमना दिनू भएको छ ।

त्यस्तै नागरिकको बुझाइमा प्रहरीले आफ्ना बोली–वचन र व्यवहारमा सुधार ल्याउन नसकेको वा नचाहेको अर्थात् पहिलेकै जस्तै व्यवहार गर्ने, मित्रवत व्यवहार नगर्ने र छुट्याउने, एकसमान व्यवहार नगर्ने, थिचोमिचो गर्ने, ठूलाठालुको चाकडी गर्ने जस्ता कारणले ,न्याय पाउन नसकेको गुनासाहरु आउने गरेका छन । पछिल्लो सेवा दिने प्रहरी र लिने नागरिकको विचार र बुझाइको अन्तरले एकअर्कालाई बुझ्ने विषयमा केही अन्तर बुझाइ पनी देखिन्छ। यसलाई समाधान गर्न नसकेका कारण प्रहरीको काम कारबाहीबाट नागरिकहरु सन्तुष्ट देखिएको पाइँदैन।

सम्बन्धित समाचार