जुम्ला : कनकासुन्दरी गाउँपालिका ४ लेखपुरगाउँकी पानसा बुढा घरमै सुत्केरी हुन बाध्य भइन्। गाउमा बर्थिङ सेन्टर उनका लागि घरमा सुत्केरी हुनुको बिकल्प थिएन्। उनले भनिन, घरमै सुत्केरी भए साल नखेपछि फेरी अस्पताल जानु परेको थियो ।
गाउँदेखि झण्डै तीन घण्टाको पैदल दुरीमा बर्थिङ सेन्टर भएकोले समयमै स्वास्थ्य संस्थामा लैजान सक्ने अवस्था थिएन ।ब्याथाले निकै च्यापिसकेको थियो ।यहाँ सम्म सडकको सहज पहुँच पनी छैन । पानसाले भनिन ‘स्वास्थ्य संस्थासम्म डोकोमा बोकेर लैजादा बाटोमै सुत्केरी हुन सक्ने अवस्था भएकाले घरमै सुत्केरी भएकी हुँ । उनले भनिन, जेनतेन घरमै जोखिम मलेर सुत्केरी भए ।उनका अनुसार योगाउँबाट मुन्जाउ भन्ने ठाउँमा रहेको बर्थिङ सेन्टर जान गर्भवती महिलालाई हिडेर झण्डै तिन घण्टा लाग्छ ।
त्यस्तै सोही गाउँका देवु बुढा पनी घरमै सुत्केरी भएको बताउछिन । उनको पनी साल नखसेपछि भोली पल्ट बोकेर मन्जाउ भन्ने ठाउँका रहको बर्थिङ सेन्टर लिएका थिए । देवु र पानसा बुढा यि त प्रतिनिधि पात्र मात्र हुन्। जिल्लाका अधिकांश दुर्गम क्षेत्रका महिला अझै पनी घरमै सुत्केरी हुन बाध्य छन्। पायक पर्ने ठाउँमा प्रसूति सेवा सहितका स्वास्थ्य संस्था छैनन्। प्रसूति सेवा भएका स्वास्थ्य संस्थामा लैजादासम्म सुत्केरी समस्यामा पर्ने गरेका छन।
त्यस्तै लेखपुर गाउँकी रमि बुढाले भन्छन ,‘ गाउँमा स्थानीय सरकार छ बजेट ल्याउदा स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरीको नारा ल्याउँछ। उनका अनुुसार ग्रामिण क्षेत्रका महिला स्वास्थ्य संस्थामा जान नपाई मर्छन्। सुत्केरी बोक्ने न एम्बुलेन्स छ,नत राम्रो स्टेचर । उनले भनिन, हिउदेको चिसो समय भएको बेला सबै पुरुष दाजुभाई ब्यपार ब्यवसाय गर्न भारतमा जान्छन ।
त्यो वेला हामी महिलाले मात्रै डोकोमा बोकेर अस्पताल लैजादासम्म लैजाने गरेका छौँ ।उनले थपिन ,‘भाषणमा सरकारी सेवा गाउँगाउँमा पुग्छ्, ब्यवहारमा समयमै सेवा नपाउदा हामीलाई गाह्रो भएको छ ।
त्यस्तै स्थानीय टोल सुधार समितिका सदस्य पावती बुढाले यहाँका गर्भवति कालसंग जुधेर सुत्केरी हुने गरेको बताईन । उनका अनुसार गाउँमा आमा र बच्चाको सुरक्षा दिन असहज बनेको छ ।
यहा समान्य खालको उपचार हुन्छ। गर्भवती जाँच गर्नका लागी गाह्रो छ । उनले भनिन,‘ चिकित्सकले गर्भवती महिलालाई एक पटक गर्भजाँच गर्न आउन सुझाव दिएका हुनछन ्।हाम्रो लागी नजिकै स्वास्थ्य संस्था नहुदा समस्या भईरहेको छ ।
त्यस्तै सरकारले घरमा हुने सुत्केरी दर शुन्यमा झर्नका लागी वर्भवती महिलाले स्वास्थ्य संस्थामा नियतिम ४ पटक गर्भजाँच गरेको खण्डमा ८ सय रुपैया दिने गरेको छ ।
त्यस्तै स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भएको खण्डमा यातायात खर्च स्वरुप ३ हजार रुपैया पाउँछन्। तर लेख पुरका महिला यहाँका महिला न नियमित गर्भजाँच गर्न पाउँछन्, नत सुरक्षित सुत्केरी हुन्पाउछन ।
त्यो गाउँमा सामन्य खालको उपचारको लागी स्वास्थ्य चौकी छ। प्रसूति सेवा छैन्। जसका कारण नियमित गर्भजाँच समेत गर्न पाउँदैनन्। दुर्गमका महिला आराम पाउँदैनन ।
नियमित काममा जोतिरहन्छन्। सानै उमेरमा बिवाह गर्ने चलन छ। अपरिपक्क उमेरमा बिवाह गर्दा सानै उमेरमा बच्चा रहदा समस्या त आईहाल्छ ।त्यहा महिलाले स्थानीय सरकार मार्फत गाउँमै बर्थिङ सेन्टर स्थापना गर्न माग गरेका छन ।
त्यस्तै लेखपुर गाउँमा सामुदयिक स्वास्थ्य चौकी रहेको कनका सुन्दरी गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक छाया घतिले बताईन ।उनका अनुसार प्रसूति सेवाका लागि पालिकाले एम्बुलेन्स सेवा दिएको छ ।कनका सुन्दरीमा ५ वटा बर्थिङ सेन्टर रहेका छन ।उनले भनिन,‘बर्थिङ सेन्टरका लागि गाउँपालिकामा पहल भईरहेको छ। यहाँ बर्थिङ सेन्टरको आवश्यकता छ।
पटक पटक स्थानीय सरकारको ध्यानाकर्षण भइरहेको छ ।उनले कनका सुन्दरीगाउँपालिका दुई जना बाहेक अरु घरमा सुत्केरी नभएको बताइन ।तर पालिकाको स्वास्थ्य शाखामा घरमा सुत्केरी हुने गरेको रिपोर्ट नभएपनि गाउमा पुगेर सोधखोज गर्दा धेरै गर्भवति महिला घरमै सुत्केरी भएको पाइन्छ ।स्वास्थ्य संस्थाको तथ्यांक कति जनाले स्वास्थ्य संस्थामा सुत्केरी नगराइन् सबै तथ्यांक राख्नु पर्ने प्राबधान छ ।
त्यस्तै यहाँका महिलाको समस्यामा गाउँपालिका स्थानीय सरकार हरबखत लागि परेको कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामादर प्रसाद आचार्यले बताए ।हामीले लेखपुर गाउँका गर्भवती महिलाले समस्यालाई मध्यनजर गर्दै बर्थिङ सेन्टर संञ्चालन गर्ने बताए । उनका अनुसार हामी सरकार जम्मेवार र जवाफदेहि हुनै पर्छ।त्यो ठाउँका बर्थिङ सेन्टरको लागी भवन बनाएका छौँ ।
अबको केही समय पछि हामी सुत्केरी सेवा दिन सूरु गर्ने बताए । उनले भने,‘सुत्केरी सेवा र पोषणका बारेमा जनचेतना जोगाउदै स्वास्थ्य संस्था सम्म नियमित सुत्केरी हुने र गर्भ जाँच गराउने ब्यवस्था मिलाउछौँ।
कनका सुन्दरी गाउँपालिका ४ वडामा रहेको लेखपुर गाउँमा दुइ सय घरमा रहेका छा । त्यहा वार्षिक रुपमा २० देखि २२ जनाको हाराहारीमा गर्भवती महिला सुत्केरी हुने गरेको कनका सुन्दरी स्वास्थ्य शाखाले जानकारी दिएको छ ।