पाँच वटा विद्यालयमा वालमैत्री, पक्कि भवन,मन्त्री भण्डारीबाट उद्घाटन


जुम्लाको दुर्गम बस्तिका ५ वटा विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण गरिएका छन् ।जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न गरिएको हो ।

त्यस्तै जिल्लाको हिमा गाउँपालिका भैरव आधारभुत विद्यालय जोडि बाडा, महादेव आधारभुत विद्यालय तलिकुडु,सिंजा गाउँपालिकाको आधारभुत विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिका आधारभुत विद्यालय गोरुचौर,कनकासुन्दरी गाउँपालिका आधारभुत विद्यालय भैलेपाटा सहित ५ वटा विद्यालयमा आधुनिक पक्कि भवन निर्माण गरिएको छ ।


त्यस्तै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी पाँचवटै भवनहरुको उद्घाटन गरेका हुन । चारवटा विद्यालयमा भौतिक संरचनाको अभाव भोगिरहेका ति स्थानमा ४ कोठाको अपांगताता मैत्री,वालमैत्री भवन, कक्षा १,२ र ३ ईसिडि कक्षा, महिला शौचालय, पुरुष शौचालय, वालमैत्री हातधुने स्थान सहितका भवन निमार्ण भएका छन ।

स्थानीय सरकारको साझेदारीमा नवनिर्मित भवन स्थानीय तहलाई हस्तातरण समेत गरिएको छ । साझेदार संस्था प्लान नेपालको सहयोगमा साझेदारी सहयोग केन्द्रबाट निर्माण भएका भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्लान नेपालका क्षेत्रीय प्रवन्धक मिना पराजुलीका अनुसार पाँच वटा भवन निर्माणमा तिन करोड ४९ लाख ५४ हजार ५३ रुपैया खर्च भएको छ । जसमा स्थानीय सरकारको १३ लाख र ३ करोड ३६ लाख ५४ हजार ५३ रुपैया प्लान नेपालको लागत रहेको छ ।

एक कार्यक्रमका विच नवनिर्मित भवनको संरचना, लागत सहितका बृस्तृत पुस्तिका सहित भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्ने सहयोगी निकाय सहित सवैलाई आभार ब्यक्त गरे ।उनले भने,‘सिँजा सभ्यता नेपालीको ईतिहास वोकेको क्षेत्र भएकाले आबश्यकताका आधारमा बिकास हुन जरुरी छ ।उनका अनुसार गुणस्तर भवन निर्माण भएकाले यसको सदुप्रयोग गरि शिक्षामा टेवा पुयाउन अनुरोध गरे ।

त्यस्तै सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले शिक्षा क्षेत्रमा लगानी भनेको सवैभन्दा उत्तम हुने भएकाले गुणस्तरीय भवन निर्माणमा सहयोग गर्ने साझेदार निकाय आभार ब्यक्त गरे ।उनले सरकारले गर्न नसकेको काम गरेको बताए ।

त्यस्तै हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालयमा गुणस्तरीय भवन निर्माण भएपछि बिद्र्याथीका सहज हुने बताए । उनका अनुसार संरचना भएमा विद्यालयमा गुणस्तरीय शिक्षामा जोड हुने बताए । कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष दामोदर आचार्यले शिक्षामा लगानी गर्ने सरकारको लक्ष्य अनुसार साझेदार निकाय सँग सहकार्य गरेर निर्माण भएका भवन भरपुर प्रयोग गरिने छन ।त्यस्तै भैरव आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले भत्केको जिर्ण कक्षा कोठामा विद्यालय संचालन भईरहेको अवस्थामा अव नयाँ आधुनिक ४ कोठे भवन, ईसिडि र मैत्री शौचालय बन्दा निकै राहात भएको छ ।उनका अनुसार यो कार्यका लागि सहयोग गर्ने गाउँपालिका, साझेदार संस्थालाई धन्यवाद दिए । उनका अनुसार भैरव आ.वि.मा विद्यालयको जग्गा ७ विगा १७ कट्टा जमिन रहेको छ । सो जग्गामा स्याउ पनि लगाईएको छ ।

त्यस्तै हिमा गाउँपालिको भैरव आवि जोगिवाडामा भिजन निर्माण सेवाले भवन निर्माण गर्ने जिम्मा लिईएको थियो । भवन राम्रो बनाएको भन्दै विद्यालयले सो निर्माण सेवाका प्रोपाईटर राष्टु कठायतलाई सम्मान समेत गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्लान ईन्टरनेश्नल नेपालका प्रोगाम गुणस्तरीय एण्ड ईन्नोभेसन निर्देशक जुली गुरुङले अभाव भएको क्षेत्रमा काम गर्न पाउदा खुशी व्यक्त गरे ।

सम्बन्धित समाचार