जुम्ला :जुम्लाका तिन पालिका साक्षर घोषणा गरिएको छ । चन्दननाथ नगरपालिका ,सिजा गाउँपालिका र हिमा गाउँपालिका गरी ३ वटा वटा पालिका साक्षर घोषणा गरिएको हो । त्यस्तै ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकतामा साझेदारी र प्रणाली गत सक्षमता’ भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार एक कार्यक्रमबिच सिजा र चन्दननाथ नगरपालिकाले साक्षर पालिका घोषणा गरिएका छन ।
यस अघि नै हिमा गाउपालिकाले पहिलो साक्षर पालिका घोषणा गरेको थियो ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको कुल जनसंख्या १२ हजार ८०४ रहेकोमा तीमध्ये १२ हजार २२५ जनालाई साक्षर बनाउन सफल भएको जानकारी बताएका छन । उनका अनुसार हिमामा अब अक्षर चिन्न नसक्ने, नाम लेख्न नजान्नेहरूको संख्या न्यून छ । हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर रहेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । हिमा गाउँपालिकामा भने ५३०० जना विद्यालय उमेरका बालबालिका साक्षर छन् ।
त्यस्तै आधारभुत्त बिद्यालय १२ वटा मध्यायमिक ६ वाटा र एक क्याम्पस गरी झण्डै ४ हजार बिद्यार्थी संख्या रहको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शकर धितालले बताए । उनका अनुसार यस अघि वडा बाटै साक्षर घोषण गर्दै पालिका गरीएको हो । उनका अनुसार सिजा गाउँपालिकाको कुल जनसंख्यामध्ये ९५ दशमलब ५ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षर घोषणाका लागि सूचक पूरा भएको बताए ।
त्यस्तै साक्षरताका १२ वटा सूचक मध्ये हस्ताक्षर गर्न सक्ने, मोवाईल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, १ देखि १० सम्म अंक भन्न र सामाजिक भावनाहरु व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनका अनुसार १२ वटा सूचक ६ वटा सूचकहरु पुरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ । उनका अनुसार २५ प्रतिशत परियोजना कार्य मध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने तथा एकले एकलाई सिकाउने रणनीति गाउँपालिकाले लिईएको छ ।
त्यस्तै सिजागाउँपालिका साक्षर पालिका घोषणा कार्यक्रममा प्रधानाध्यापक मध्येबट मालिका मावि धाँपाका प्रधानाध्यापक प्रयाकराज खत्री, सेवा निवृत्त निवर्तमान मावि जोडुका प्रधानाध्यापक नर वहादुर बुढा, शिक्षकहरु मध्येबाट भैरव मावि नराकोटका शिवानन्द शर्मा, केदारनाथ आधारभुत विद्यालय बारेका प्रधनाध्यापक नन्दराम बुढा, शान्तिजन आधारभुत विद्यालयका मानवहादुर बुढा, फुटासिलि आधारभुत विद्यालयका अंग्रेजि शिक्षक दिपक बुढा पुरस्कृत तथा सम्मान समेत गरेको थियो ।
त्यस्तै २०८० को पालिका स्तरीय परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने मालिका माविका धाँपाका रमित आचार्य, मालिका माविक धाँपाकै रामरति धिताल र मालिका मावि धाँपाकै बसन्ति शर्मालाई पुरस्कृत गरेको शिक्षा शाखाका प्रमुख धितालले बताए । उनका अनुसार कार्यालय सहयोगितर्फबाट राम्रो काम गरेको भन्दै कालिका आधारभुत विद्यालयका विष्टबाडाका देविराज सिम्खाडेलाई सम्मान गरिएको छ । त्यस्तै चन्दननाथ नगरपालिका भरीको रहेको ९८.१९ प्रतिशत नागरिक साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खडानन्द चौलागाईले बताए ।
त्यस्तै नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले औपचारिक रुपमा नगरलाई साक्षर घोषणा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचकमध्ये ६ वटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिक रूपमा घोषणा गरिएको उनको भनाई छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाले साक्षर नगर घोषणा कार्यक्रममा रत्नचुण्डेश्वर मावि बोहोरागाउँका अध्यक्ष नविन न्यौपाने उत्कृष्ट अध्यक्षमा सम्मान गरेको छ । यस्तै उत्कृष्ट शिक्षकमा कर्णाली मा.वि. अनामनगरका प्रधानाध्यापक मिनराज शर्मा, चन्दननाथ नमूना मा.वि.का शिक्षक समृता बुढा, कर्णाली मा.वि.अनामनगरका शिक्षक दुर्ग बस्नेत सम्मानित हुनु भएको छ । यसैगरी, सर्वउत्कृष्ट प्रधानाध्यापकमा मालिका आधारभुत विद्यालयका प्रधानाध्यापक हेमन्त वहादुर महत सम्मान गरेको छ ।
त्यस्तै उत्कृष्ट विद्यालय सहयोगिको रुपमा काम गरेको भन्दै भगवति आधारभुत विद्यालय जातिभिडका रतन थापालाई सम्मान गरेको थियो । २०८० को एसईईमा उत्कृष्ट नम्बर ल्याउने, चन्दननाथ नमूना मा.वि. का लक्ष्मी बुढथापा,रत्नचुण्डेश्वर मा.वि.का सिर्जना गिरी र जनता नमूना मा.वि.का विधान महत पुरस्कृत भएका छन ।
यस्तै २०८० मा नगर स्तरीय परीक्षामा उत्कृष्ट नम्बर ल्याउने जनता नमूना मा.वि.का क्रिस्टिना खत्री, जनता नमूना मा.वि.कै अक्सफोर्ड आचार्य र जनता नमूना मा.वि.कै प्रशंसा श्रेष्ठ पुरस्कृत भएका छन ।