संविधान दिवस : न कर्मचारीले राष्ट्रिय पोशाक लगाएका न नागरिकको सहभागीता


जुम्ला : संविधानसभाबाट विसं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान तथा राष्ट्रिय दिवस मनाईने गरिन्छ ।
तर संविधान दिवस यहाका नेपाली सेना ,नेपाल प्रहरी लगायतका सुरक्षा ननिकाय बाहेक अरुको उपस्थित हुदैन ।

संविधान दिवस मनाउन आइरहेका न राष्ट्रिय कर्मचमरीको पहिचान दिने पोशाकल नै लगाएका थिए ।संघीयतासँग जोडिएका जनप्रतिनिधिलाई पनी कुनै चासो छैन । जसको लागी संविधान बन्यो उसैलाई कुनै चासो नहुदा यहाका प्रहरी प्रशासनले मात्रै हरेक वर्ष मनाउदै आएको छ ।त्यस्तै संविधान दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय अगाडी कोणसमारोह आयोजना गरिएको थियो ।

संविधान दिवसको समारोहमा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले ,निमिक्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, संविधान सभा सदस्य बलबहादुर महत राजनितिक दल लगायतको सहभागी भएका छन् ।
दिवसको अवसरमा समन्वय प्रमुख अचार्यले संविधान दिवसको अवसरमा नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताए ।उनले सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको हो ।

सम्बन्धित समाचार