जुम्ला: जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरीको ब्यवस्था गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढा सहित १४ जना नगर प्रहरीको ब्यवस्था गरेको हो। नगरपालिकाले शशस्त्र प्रहरी वल नं ३३ त्रिपुरा गण जुम्लालाई नगर प्रहरीको आधारभुत तालिम सम्पन्न गर्न जिम्म दिएको हो । मंगलबार अन्तिम दिक्षान्त समारोह गर्दै १४ जना नगर प्रहरी औपचारीक रुपमा भर्ना भएको जानकारी गरिएको छ ।
त्यस्तै शशस्त्र प्रहरी वल त्रिपु गण जुम्लाले अन्तिम दिक्षान्त सामारोह गर्दै नगरप्रहरीलाई पासआउट गरेको छ । नगरउपप्रमुख रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, शशस्त्र प्रहरी उपरीक्षक लालबहादुर शाही, नेपाली सेनाका प्रमुख सेनानी लक्ष्मी गौतमले दर्जानी चिन्ह प्रदान गरिएको छ।
त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेबाट नगरप्रहरीलाई सपथ ग्रहण गराइएको छ ।तालिम सहित अन्तिम दिक्षान्तमा नगरप्रहरीमा सफल हुनेमा नगरप्रहरी सहायक निरीक्षक जंगबहादुर बुढा, नगरप्रहरी जवानहरु हर्ष बुढ्थापा, हर्क कुलाला, भैरव सिंह रावल, अनिता सुनार, महेन्द्र बिष्ट, रामबहादुर गुरुङ, लिलामनि न्यौपाने, सुनिता हमाल (खत्री), दिपेश न्यौपाने, शक्ति सुनार, धिरेन्द्रनाथ योगी, पुष्पा भण्डारी र सरस्वति जिसी रहेका छन् । उनिहरु सवै चन्दननाथ नगरपालिका भित्रका रहेका छन् ।
त्यस्तै शशस्त्र प्रहरी नं ३३ त्रिपुरा गण जुम्लाका प्रमुख लालबहादुर शाहीका अनुसार एक महिने आधारभुत तालिमबाट १० पुरुष र ४ जना महिला गरी १४ जना रहेका छन । उनले भने अन्तिम दिक्षान्त समारोह गरेर तालिम पूर्णता गरि नगरप्रहरीको दर्जानी चिन्ह दिएको छ । उनले तालिम अवधिमा सहयोग गर्ने सर्वलाई अधार ब्यक्त गरे ।
त्यस्तै दिक्षान्त समारोहमा वोल्दै चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले नगरपालिकाको विकास र समृद्धिमा नगर प्रहरीको महत्वपुण दायित्व रहने बताइन । उनले नगर प्रहरीलाई नगरको निति नियम अनुसार काम गर्नु आग्रह गरिन । उनले नगरप्रहरी सहायक निरीक्षक सहित सवैलाई वधाई दिदै नगरको शान्ति सुरक्षा सहित सफा नगर अभियान देखी नगरपालिकाका विभिन्न काममा सघाउने उनको दाबी छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीय तह अधिकार प्रयोग गर्दै नगर प्रहरी राखेर नगरपालिकाको समृद्धिका लागि काम गर्ने बताए । उनले नगरप्रहरीले नियम कानुन अनुसार काम गर्नेमा जोड दिए । उनका अनुसार नगर प्रहरी नगरपालिकाको जनशक्ति भएको दाबी गरे ।
त्यस्तै नगरप्रहरीले नगरको प्राविधिक शान्ति सुरक्षा दिने, कानूनको कार्यान्वयत गराउने, सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउने, फोहरमैला व्यवस्थापन, राजश्व संकलन, बजार व्यवस्थापन, सार्वजनिक सम्पतिको सुरक्षा गर्ने, नगर र वडा कार्यालय माताहातका कार्यालयको सुरक्षा व्यवस्था मिलाउने, विपत व्यवस्थापान, हाट बजार लगायतका कामहरु व्यवस्थापन गर्ने भएका छन । नगरपालिकामा यस अघि नगरप्रहरीका लागि नगरपालिकामा १ सय २८ जनाले आवेदन दिएका थिए ।