तिलागाउपालिकाका १सय १० जना लाई राहत बितरण ।

जुम्ला ः तिलागाउलिकाका १सय १० जनालाई राहत बितरण गरिएको छ। वल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, कर्णाली दिगो विकास प्रतिष्ठान कास्डा जुम्लाको सहजीकरण र तिला गाउँपालिकाको समन्वयमा बिपन्ननागरिकलाइ राहत बितरण गरिएको हो । तिलाका कोभिडबाट १९प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । यस अघि तिलागाउपलिकाकाले कोभिड १९बाट प्रभावित परिवारको तथ्यांक संकलन गरेर घरधुरी पहिचान गरेको थियो । घरदुरी पहिचान गर्ने जिम्म सम्बन्धीत वडाध्यक्षलाई दिएको तिलागाउपालिकाका कार्यबाहक अध्यक्ष बिष्णु बुढाले बताउनु भयो । उहाले भन्नुभयो कोरोनाको महामारीले बिश्बनै थला परेको अस्थामा राज्यका ,सहयोगी निकाय गैरसरकारी संस्थाको भुमिका महत्वपुर्ण रहेको छ । तिला गाउपालिकामा सामाजिक तथा ब्यक्तिगत दुरी कायम राखि राहत दिएको हो ।

जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्दै कोरोना संक्रमण हुन नदिन सचेत रहन तिलागाउपालिकाले अपिल समेत गरेको छ। ।लकडाउनले रोजगारी गुमाएका र न्यून आय स्रोत बिपन्न नागरिकलाई राहत बितरण गरिएको छ। कोरोनाको महामाहारीको बेला राज्यका सहयोगी निकायको रुपमा जिल्लामा स्थापना भएका संस्थाले खाद्यन्न बितरण गरेको भन्दै नागरिक भने त्यहाँका स्थानिय हर्षित भएका छन ।
आर्थिक अबस्था कमजोर भएका नागरिकको लागी बितरण गरेको खाद्यन्नले उनिहरुको दैनिकी चलाउन केही सहज हुने बताएका छन् ।