प्रधानमन्त्री ओलीले सातबुँदे सहमति वाचन गर्दै मागे विश्वासको मत

काठमाडौं : सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍को विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा सहमतिका बुँदाहरू सार्वजनिक गरेका हुन्।

यस्ता छन् सहमतिः–

१, आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रिको विकास निर्माणलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाईसमेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।

२, राष्ट्रिय सहमतिको सरकार संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सवल पक्ष र दुर्वल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक सशोधन र तदनुकुलको कानुन नर्मिाण गर्ने विषलाई प्राथमिकता दिने।

३, अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वासनीय व्यवासायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक बाह्य लागानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त रोजगारी सृजना गर्ने।

४, सरकार गठन भएको मितिले दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछि ०८४ मंसिमार हुने निर्वाचनसम्म कांग्रस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने।

५, राष्ट्रिय हितको रक्षा गर्न मुलुकमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको  सरकार संचालनको आधार र न्युनतम साझा कार्यक्रम दतुर्जमा गरी सोही आधारमा सरकार संचालन गर्ने।

६, राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागी रहने र अन्य दललाईसमेत सरकारमा समावेश गर्ने।

७, राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन, संचलान गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणका कामलाई तीव्रता दिने।

सम्बोधनको अन्तमा प्रधानमन्त्री ओलीले सम्पूर्ण राजनीतिक दलहरूलाई आफूलाई विश्वासको मत दिई राष्ट्र र जनताप्रति उत्तरदायी हुन पनि आग्रह गरे।

 

सम्बन्धित समाचार