नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बचाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद् नै निल्ने प्रयास गर्ने बताए।

उनले काँग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गरे। उनले नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गरे।

उनले भने, ‘म काँग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु। तपाईहरू संविधान मिच्नतिर नलाग्नुहोला।  नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला। काँग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद् चाहिँ बचाउनुहोला। संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन्। हिजो हामी मिलेर जोगाएका हौं। अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला।’

प्रधानमन्त्री दाहालले विगतमा संसद काँग्रेस र नकेपा (माओवादी केन्द्र) मिलेर जोगाएको भन्दै अब पनि जोगाउन आग्रह गरे।

सम्बन्धित समाचार