लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी

काठमाडौं । मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा परेका छन् । मुख्यसचिव निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन् ।

आइतबार अर्याल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी सचिव गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन् । दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई मुद्दा दायर गरेपछि मुद्दा किनारा नभए सम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार