गाउँपालिकाले पालिका स्तरका सरोकारवाला निकायहरुलाई एकै स्थानमा वोलाएर सुझाव संकलन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र बहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार यस पालिकाको बिकासको लागि यहाँका राजनितिकदल, नागरिक अगुवा, बुद्धिजिवि लगायत सरोकारवालाहरु संग छलफल गरेको हो ।
सुझाव संकलन कार्यक्रममा साविक जिल्ला विकास समितिका उपसभापति गौरीलाल न्यौपानेले वातावरणीय प्रभाव मूल्यांकन गरेर सडक तथा भौतिक संरचना निर्माण गर्न सुझाव दिए । उनले सिंजा सभ्यताका जगेर्ना गर्दै सामुदायिक लाभ लिने योजना छनौट र समन्यव सहकार्य गर्न अनुरोध गरे ।पूर्व गाउँपालिका उपाध्यक्ष उर्मिला खत्रीले घरेलु हिंसा न्यूनिकरण गर्न, महिलाहरुको आश्रयकेन्द्र स्थापना गर्न सुझाव दिईन । पूर्वगाविस अध्यक्ष रणबहादुर रोकायाले स्थानीय कृसानलाई अनुदान स्थानीय उत्पादनमा लगानी गर्न पालिलाई अनुराेध गरे ।
त्यस्तै पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले जिल्लाको सञ्चार क्षेत्रको प्रर्वधन गर्ने बजेटमा जोड दिनु पर्ने बताईन । उनले आगु औषध नियन्त्रण, वालिका यौन दुव्यवहार नियन्त्रण, महिला शशक्तिकरणका कार्यक्रमहरु निति तथा कार्यक्रम ल्याउनु सुझाब दिईन ।
गाउँपालिका उपाध्यक्षका प्रत्यासी तथा नेकपा माओवादी केन्द्रका नेता गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका बढाउने कार्यक्रममा आबश्यक रहेकाे छ ।उनले गुणस्तर संरचनामा जोड दिने कार्यक्रम, वितरण प्रणाली पार्दर्शी र पिडितले अवसर पाउने प्रकारका कार्यक्रममा ल्याउन अनुरोध गरिन ।
स्थानीय महिला धनलक्ष्मी तिवारीले पालिकाले दिने योजनाहरुको प्रभावकारी कार्यान्वयन नभएको बताइन । योजनाहरुको उपभोक्ता समिति गठन हुदा राजनीतिक भागबन्डा हुने कार्यको अन्त्य गर्नु पर्ने सुझाव दिईन ।
गाउँपालिकाको आ.ब. २०८१÷०८२ को निति कार्यक्रम तथा बजेटका लागि सर्वपक्षिय सुझाव संकलन गरेको कार्यक्रममा राजनैतिकदल, सामाजिक क्षेत्रका व्यक्ति देखी अगुवा व्यक्तिहरुले सुझाव दिएका छन।
त्यस्तै गाउँपालिकाका अध्यक्ष दमोदर प्रसाद आचार्यलेले हरेक बर्ष बजेट ल्याउनु भन्दा पहिले यहाका सरोकारवाला संग सुझाब संकलन गर्ने गरेको बताए । उनका अनुसार सरोकारवाला सँगको अन्तरक्रिया पछि बिषयगत शाखामा पनि यस्ता सुझाव संकलन गरिनेछ । कनकासुन्दरी गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्थानीय सरकारले एक्लै नसक्ने भन्दै सबै संग सहकार्य गरेर जाने प्रतिवद्धता गरे।
गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले सरोकारवाला निकायले दिएका राम्रा सुझाव ग्रहण गरिने बताईन । उनले कनकासुन्दरीको सोचे अनुसारको विकासका लागि सवैको सहकार्य र सहयोग आवश्यक रहेकोछ ।
प्रमुख प्रशसकिय अधिकृत दिपेन्द्र बहादुर भण्डारीका अनुसार यहाको बिकासका लागि आबश्यकतामा आधार बजेट ल्याउनको लागि अन्तरक्रिया कार्यक्रम गरेको हो । उनका अनुसार यो एउटा शुसासनको एउटा पाटो पानी जनस्तरबाट आयका सुझाब ग्रहण गरि पालिकाले बजेट बनाउछ ।
यसको लागि पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रम ल्याउनु भन्दा पहिला सरोकारवाला संग छलफल चलाएका हौ । त्यस्तै कनका सुन्दरीगाउपालिकाले रहेक बर्ष निति तथा कार्यक्रम ल्याउनु भन्दा पहिला सराेकारवाला संग सुझाब संकलन गर्दै आएकाे छ।