समाज आठ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आठ वर्षीया छोरीलाई बलात्कार गरी फरार बाबुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको शारदा नगरपालिकाका ३६ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई पटक पटक बलात्कार  गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। छोरीलाई पैसा दिई पटक पटक बलात्कार गर्दै आइरहेको पीडित पक्षले भदौ ८ गते जाहेरी दिएपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।  जबरजस्ती करणी गरी फरार रहेका बाबुलाई गाउँघरमै लुकिछिपी बसी रहेको अवस्थामा मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए।  पक्राउ परेका निज बाबुलाई अदालतबाट म्याद थप गरी हिरासतमा राख थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  बन्दाबन्दीकैबीचमा सल्यानमा १५ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना घटी सकेका छन्।
Read more at: http://thahakhabar.com/news/106305

सम्बन्धित समाचार