अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो, ११ बेपत्ता

अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाएका ६ जनाको शव भेटिएको छ। ११ जना बेपत्ता भएका छन्। मंगलबार राति आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए। उनले भने ‘गाउँपालिकाको टोलीले दुई जनाको शव भेटेको र प्रहरीको उद्दार तथा खोज टोलीले चार जनाको शव भेटेको छ।’ बान्नीगढी जयगढ गाउँपालिकाकोकोसेडामा ४ जना र मंगलसेन नगरपालिकाको लमतणा र सेरीमा दुई जनाको शव भेटिएको अध्यक्ष साउँदको भनाइ छ। हराइरहेकाहरुको खोजी भइरहेको छ।