कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् ।प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।यस्तै, कर्णालीको स्वास्थ्य सेवा सुधार, कृषि तथा पर्यटन पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको प्रदेश प्रमुख परियारले बताए ।यस्तै, प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट स्रोत सुनिश्चित नभएका तथा सम्भाव्यता अध्ययन नभएका आयोजनाहरू अगाडि नबढाउने नीति लिन लागेको छ ।
णलाई सरकारले प्राथमिकतामा राखेको प्रदेश प्रमुख परियारले बताए ।यस्तै, प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट स्रोत सुनिश्चित नभएका तथा सम्भाव्यता अध्ययन नभएका आयोजनाहरू अगाडि नबढाउने नीति लिन लागेको छ ।