जुम्लामा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता भेला


जुम्ला : जुम्लामा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला सम्पन्न भएको छ ।प्लान ईन्टरनेशनल नेपाल, पेस नेपाल ,आत्म सम्मानका लागी सहकार्य क्याड नेपाल, समाजिक बिकास कार्यालय लगायतको संयुक्त आयोजनामा जुम्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव,युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्य गरी ५० जना किशोर किशोरी तथा युवाहरूको सहभागिता यो कार्यक्रम गरिएको हो ।


त्यस्तै युवाको नेतृत्व विकास, युवाहरुको सवाल,स्थानीय तहको योजना, निति तथा कार्यक्रम निर्माण प्रकृयामा युवाको सवाल र सहभागितामा पहुँच पु¥याउनका लागि जिल्ला स्तरिय युवा भेला संचालन गरिएको पेस नेपालका कार्यकारी निर्देशक किशार न्यौपानेले बताए । उनका अनसार युवाहरुको सहभागीता स्थानीय तहको निति निर्माण प्रकृयामा अर्थपूर्ण हुन आबश्यक छ ।


यसका लागी क्षमता विकास गरी युवाहरुको सवाल र युवा लक्षित योजनाहरु समावेश गर्नका लागि भेलाबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।त्यस्तै कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामादर आचार्यले युवाहरुको उपस्थितिमा युवाहरुको स्थानीय योजना तथा नीति निर्माण प्रकृयामा यूवाहरुको सहभागता सुनिश्चितता गर्ने बताए । उनले युवाहरुलाई रोजगारी बनाउनका लागी नेतृत्व विकासका काम गर्ने बताए ।

त्यस्तै समाजिक बिकास कार्यालयका प्रमुख तुलाराज न्यौपानेले वालविवाह,छिटो बिवाह,जबरजस्ति गरिने बिवाह जस्ता समाजिक कुरिती रोक्न आबश्यक छ । उनका अनुसार युवा सहभागिता र नेतृत्व विकास नै युवा विकासको खाम्बाको रुपमा लिनु पर्छ । उनले भने,‘गुणस्तरिय शिक्षा एउटा सक्षम युवाको लागि मस्तिष्क हो ।
युवा उद्यमशीलता र सीप विकास एक युवाका लागि उभिने, हिड्ने र जीविका लागि चलाइने हात खुट्टा हो ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले यो सिप युवाको आफै बाँच्ने, अरुलाई बचाउने र देशलाई उसले दिने समृद्धिको आधार हो । उनले भने‘,युवा र देशको आम समृद्धी हासिल गर्न आर्थिक बृद्धिका लागि फड्को मार्न युवाको बिकासको आवश्यक छ ।


सयको लागी सबै पालिका जिम्मेवार भयर लाग्नु पर्ने बताए ।उनले युवा सहभागीहरुले तयार पारेको १५ बुद्धे घोष्णा पत्र सबै पालीकामा लिखि रुपमा पठाउने बताए । अब दिनमा जुम्लाका युवाहरुको नेतृत्व विकासका लागि रहेक पालिका आधार निर्माण गर्न अनुरोध गरे । उनले युवा परिचालन आफै पनी कुलतमा नलागेर सकारात्मक रुपमा अगाडी बढ्नु पर्छ ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग जुम्ला शाखाका प्रमुख धनराज शाहीले बेरोजगारी र गरिवीले हटाउन सिपमुलक कार्यक्रम स्थानीय तहले लागु गर्नु पर्ने बताए । उनले युवाहरुलाई सहि ढंगले परिचालित गर्न जरुरी छ । युवा परिचालन र कसरी युवा संलग्नता कायम गर्ने भन्ने विषय निकै महत्वको हुन आउँदछ । युवा परिचालनको उद्देश्य सामाजिक आर्थिक रुपान्तरणका लागि युवालाई भोलीको परिचालकका रुपमा विकास सबैलाई अनुरोध गरे ।

सम्बन्धित समाचार