जुम्लामा बुद्ध जयन्ती मानाइयो (फोटोफिचर)

जुम्ला । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा,आराधना एवं प्रवचन गरी जुम्लामा मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । यस वर्ष जुम्लामा पनी मुगाली बौद्ध मार्गी सेवा संघ जुम्लाले मनाएको हो ।


सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए ।उनका अनुसार बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
त्यस्तै अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा,विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । जुम्लामा पनी मुगाली समुदायले नेपाली सेनाको टुडिखेल मौदानमा एक विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ ।

 

सम्बन्धित समाचार