सहकारी ठगीनुमा पँहुचवाला कै हात : जिल्ला सहकारी संघले प्रशासनमा बुझायो पत्र

sharethis sharing button
जुम्ला : सहकारीबाट ऋण लिन सहज हुने र ऋण लिँदा बिना धितो कर्जा पाइने हुँदा पँहुचवालाहरु सहकारीमै निर्भर हुने गरेको पाइन्छ । उसो त अझै केही सहकारीहरुले सहकारीको कार्य क्षेत्रभन्दा बाहिर गएर काम गरेको कारण नै सहकारी क्षेत्र धरापमा परेको विज्ञहरुले औँल्याउदै आएको पाइन्छ ।

यसरी सहकारीको ऋण लियर समय मै नतिरी ठग्नेमा कतिपय पार्टीका कार्यकर्ता रहेका छन ।जुम्लामा संञ्चालित केही सहकारी भटाभट डुब्न थालेको गुनासो वेलावेला सुनिन्छ ।अधिकांश सर्वसाधारणहरूबाट सहकारीले बचत फिर्ता नदिएको गुनासो पनी आउन थालेको छ ।तर सहकारीको मुख्य समस्या ऋण असुली नहुनु रहको सहकारी संञ्चालन हरुले बताउदै आएका छन ।

कतिपय संकलित बचतबाट सहकारीका सञ्चालकहरूले अचल सम्पत्ति खरिद तथा उद्योग धन्दा खोली बैंक तथा वित्तीय संस्थामा राखेको र अस्वाभाविक रूपमा ऋण लिएको भन्ने हल्ला पनी सुनिन्छ । जिल्ला सहकारी संघ जुम्लामा आबद्ध ८४ वटा सहकारी छन । भने जिल्लामा रहेको सहकारीको संख्या झण्डै २सय ३२ भन्दा बढी रहेको देखिन्छ ।सहकारीमा समस्या आउनु पूर्व नै नियामक निकायहरूबाट सञ्चालक, व्यवस्थापक, कर्मचारी, ऋणी सदस्य र जमानीकर्ताहरूको चल÷अचल सम्पत्ति रोक्का नरहेको र प्रमाणहरू जुटाउन जटिल अवस्था रहेको देखिन्छ ।

त्यस्तै जिल्ला सहकारी संघ चन्दननाथ नगरपालिका ४, जुम्लाले आबश्यक कार्बाहीका लागी भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय जुम्लामा पत्र बुझाएको छ । जिल्ला सहकारी संघका अध्यक्ष ऋषिराम पाण्डे सहितको टिमले बिभिन्न सहकारीबाट ब्यत्तिगत कर्जा लिएर नतिर्नेलाई आबश्यक कार्बाही गरिदिन भन्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे मार्फत उक्त पत्र बुझाइएको हो ।

उत्त पत्रमा भनिएको छ ,यस जिल्ला सहकारी संघको मिति २०८१।०१।३० गते बसेको कार्यासमितिको बैठकमा विभिन्न सहकारीहरुको गुनासोको आधारमा जुम्ला जिल्ला भित्र क्रियाशिल बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय र कृषि सहकारीहरु र अन्य पेशा गत सहकारी बाट बिभिन्न व्यक्तीगत कर्जा लिएर पैसा भएर पनि नतिर्ने गरेका छन ।ति सहकारीहरुबाट कर्जा लिनेमा ठुला राजनितिक दलका नेता तथा कार्यकर्ता, पदाअधिकारीहरु रहेका छन । उनीहरुले कर्जा माग्न जाँदा उल्टै सहकारीका कर्मचारीहरुलाई धम्काउने, भडकाउने कर्जा नतिर्ने जस्ता क्रियकलाप गरेको उल्लेख गरिएको छ ।

सहकारी संघका अध्यक्ष पाण्डेले हस्ताक्षर गरेको पत्रमा पैसा भयर पनी नतिर्ने मनसाय राखेका त्यस्ता ऋणीहरुलाई आबश्यक कार्बाही गरीदिन हुन भन्दै अनुरोध गरिएको छ । उनका अनुसार पहिलो चरणमा प्रशासनलाई पत्र बुझाएको छ । यसलाई अटेरी गरेको खण्डमा उनीहरुले लियको कर्जा सहित ब्यक्तिगत बिवरण पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिने छ । पँहुचवालाहरुले सहकारीबाट ऋण लिने तर तिर्न नमान्ने अनि सहकारी डुब्न थाल्यो भनेर हल्ला फैलाउने गरेकाले पनी बचतकर्ताहरुमा एक खाल्को त्रास फैलिएको देखिन्छ ।

त्यस्तै जथाभावी ऋण प्रवाह, धितोभन्दा कयौं गुणा ऋण लगानी, अनुगमनको अभाव सँगै पछिल्लो समय बजार हल्लाले पनि सहकारी संस्थामा समस्या आउने गरेको सहजै अनुमान गर्न सकिन्छ । यसरी ऋण लिएकाले नतिरेको खण्डमा सहकारीका बचतकर्ताको रकम जोखिममा पेर्ने गरेको हो ।

   यस्तो छ प्रशासन बुझाएको पत्र

सम्बन्धित समाचार