जुम्लाको चुकेनी जलविधुत:पावर हाउसमा बत्ति बल्यो

जुम्ला : जुम्लामा करिब एक मेघावाट अर्थात ९९८ किलोवाटको चुकेनी जलविधुुत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बत्तिको अभाव खेपि रहेको जुम्लाई उज्लो बनाउनका लागी पातारासी गाउँपालिकामा चुकेनी जलविधुत सहकारी संस्थाबाट सञ्चालित आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

त्यस्तै चुकेनी जलविधुत सहकारी संस्थाका अध्यक्ष गोरबहादुर रावतका अनुसार निर्माण कार्य करिब अन्तिम चरणमा पुगेर पावर हाउसमा बत्ति वलेको छ । उनले भने,‘बत्तिको काम अव अन्चिम चरणमा पुगेको छ । जुम्ली जनताले आफ्नै उत्पादित बत्ति पातारासी गाउँपालिका सहित जुम्ला सदरमुकाममा सम्म पुगाउने यसको लक्ष्य हो ।उनका अनुसार वैकल्पिक उर्जा प्राधिकरणको ६० प्रतिशत, पातारासी गाउँपालिकाका स्थानीय नागरिक तथा स्थानीय पातारासी गाउँपालिकाको सेयर लगानीमा उत्पादन भएको करिब एक मेघावाटको बत्ति जुम्लाको अहिले सम्मको ठूलो आयोजना हो ।\


अध्यक्ष रावत अनुसार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको अनुदान रु २८ करोड ४४ लाख ३० हजार र स्थानीयको सेयर लगानी ११ करोड गरि ३९ करोड ४४ लाख ३० हजार रहेको छ । यस आयोजनामा पाँच करोड नेपाल सरकारको भूअ कर सहित ४४ करोड ४४ लाख ३३ हजार रहेको छ । अध्क्षय रावतका अनुसास यस चुकुनी जलविधुत आयोजनाको ६ करोड बैंकको कर्जा लगानी, स्थानीय नागरिकको सेयर २ करोड ५० लाख र गाउँपालिकाको १ करोड तथा कर्णाली प्रदेस सरकारको एक करोड सहितको लागानी रहेको छ ।


त्यस्तै निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स वुटवलले जिम्मा पाएको वैकल्पिक उर्जा नविकरणीय उर्जाका लागि जिविको पार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाहीले बताए  । उनले भने, साईडमा काम गर्ने जिम्मा बत्ति वाल्नका लागि निर्माण कम्पनी मेघा हाईडो« ईन्जिनियरिङ कम्पनी वुटवलले काम गरिरहेको छ ।

उनका अनुसार निर्माण कार्यको विधुत गृहभित्रको म्यानुयल्लि सिस्टमको कार्य सम्पन्न भई पावर हाउसमा बत्ति बलेको हो । अव केही दिनमा अटोमेटिक सिष्टम शुरु हुन्छ । त्यस पछि बजार क्षेत्रमा बत्ति सप्लाईको काम गर्ने तयारी भईरहेको छ । उनले भने, साईडम काम गर्ने जिम्मा बत्ति वाल्नका लागि निर्माण कम्पनी मेघा हाईडो« ईन्जिनियरिङ कम्पनी वुटवलले काम गरिरहेको छ । उनका अनुसार निर्माण कार्यको विधुत गृहभित्रको म्यानुयल्लि सिस्टमको कार्य सम्पन्न भई पावर हाउसमा बत्ति बलेको हो । अव केही दिनमा अटोमेटिक सिष्टम शुरु हुन्छ । त्यस पछि बजार क्षेत्रमा बत्ति सप्लाईको काम गर्ने तयारी भईरहेको छ ।

त्यस्तै जुम्लाको विधुत आयोजना निर्माण कार्य अन्तिम चरण पुगेकोले जुम्लावासी बत्तिबाल्ने सपना छिटै पुरा हुने प्रतिक्षामा छन् । विधुतको बिषयमा पहलकर्ता पुर्व कानुन मन्त्री नरेश भण्डारीले चुकेनीले जुम्ला उज्यालो बनाउने ठुलो सपना हो । पुर्व मन्त्रि भण्डारीका अनुसार जुम्ला जिल्लाको पातारासी गापा–१ मा अवस्थित १ मेगावाटको चुकेनी जलविद्युत आयोजनाको पावर हाउसमा विद्युत परीक्षण कार्य सफलतापूर्वक सम्पन्न बताए ।उनले खलंगा बजारसम्मको प्रसारण लाइनको निर्माण पनि सकिएको छ । उनले भने,प्रतिक्षाको घडी आउदैछ ।केहि प्राविधिक काम सकिएपछि यो आयोजना पूर्ण रुपमा संचालनमा आउने उनको दाबी छ । उनले भने,‘बत्तिको लाईन जुम्ला सदरमुकाम लिनका लागि सवै सरचना बनेको छ । तर यसको लागी भारतबाट एक जना प्राविधिक वोलाईएको छ । पिएलसी कम्पनीकाबाट आए लगत्तै यसको लागी काम हुने भएको छ ।

सम्बन्धित समाचार