जुम्ला : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पुर्व कानुन मन्त्री नरेश भण्डारीले एसिया स्कुलले दिन थालेको व्यावसायिक र सीपमूलक शिक्षा आजको आबश्यकता भएको बताए ।उनले एसिया इन्टरनेशलन मोडेल अंग्रेजी स्कुलले आयोजना गरेको अभिभावक भेला तथा पूरस्कार बितरण कार्यक्रममा यस्तो बताएका हुन । उनले भने,‘पछिल्लो समय यो स्कुलले विद्यार्थीहरु व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित बनाएको छ । यसबाट जुम्लालाई छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने जनशत्ति उत्पादन गर्ने विश्वास दिएको छ ।
उनले भने,‘‘हामीकहाँ कस्तो प्रवृत्ति छ भने युवा जनशक्ति विदेशतिर पयालन हुने गरेको पाइन्छ । भने कतिपयले मेहनत गरे आफ्नो जन्म थलोमा पर्याप्त कमाइ गर्न सकिने उदाहरण प्रस्तुत गरिरहेका छन् जसको उदारण हो मनोज बुढाथोकी मगर, संञ्चालक रहेको यो एसिया मोडेल अंग्रेजी स्कुल ।
पछिल्लो समयमा यहाको युवा जनशक्ति खाडी मुलुकहरुमा ‘थ्री डी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् । यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्न समेत नेपाल बाहिरकै बर्चस्व देखिएको छ ।उनका अनुसार यो हामी सबैका लागि विडम्बनाको विषय हो । हामी आफ्नो काम आफैँ गर्न नसकेर परनिर्भर भइरहेका छौँ ।
त्यही कारण गरिबी हाम्रो स्थायी मित्र बनेको छ । पुर्व मन्त्री भण्डारीले अहिलेको सन्दर्भमा शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भइसकेको छ । जुन विषय अध्ययन गरिन्छ, त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ । यसको सूरुवात एसिया इन्टरनेशलन मोडेल अंग्रेजी स्कुलले गरेको छ । सिप मुलकम शिक्षा देश विकासको मुख्य आधार शिक्षाप्रणाली हो । उनले भने, यो निजी बिद्यालय भय पनि यसले दिन थालेको शिक्षाले यहा पढेका बालवालिका कुनै पनी बेरोजगार बन्न पर्दैन भन्ने सन्दे दिने छ । भण्डारीले यसको लागी बिद्यालय संञ्चाल परिवार देखि आफ्नो बालवालिकाको सुनौलो भबिष्य देखेर अध्यापन गराउदै आएका सबै अभिभावक प्रति उच्च सम्मान ब्यक्त गरेका छन । उनले भने, जुम्लाले हिजो बिरामी पठाउने क्षेत्र भारत पनी हो । तर अहिले भारतबाट बिद्यार्थी बोलायर डाक्टर बनायर पठाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जन्मेको छ ।
त्यस्तै एसिया मोडेल अंग्रेजी स्कुलका संञ्चालक मनोज बुढाथोकी मगरले मानव मुल्यमा आधारित शिक्षा आजको आवश्यकता भएको बताए । उनले भने,‘सबै बालवालिकामा क्षामता हुन्छ । त्यसमा पनी हरेक बालवालिकाको जीवन व्यक्तिगत वा निजीमात्र हुँदैन । सामाजिक र चेतनशील प्राणी हुनुको नाताले हरेकको जीवन समाजसँग गाँसिएको हुन्छ । उनका अनुसार सामाजिक संस्कार,व्यवहारबाट त्यो प्रत्यक्ष प्रभावित हुन्छ । व्यक्ति व्यक्तिको चेतनाको स्तरले समाजमा प्रभाव पार्छ भने समकालीन समाज विकासको स्तरले व्यक्तिको जीवनका विविध पक्षहरुलाई दिशानिर्देश गरिरहेको हुन्छ ।
संञ्चालक मनोजले भने,हाम्रो शिक्षा, प्रणाली र शिक्षाको दर्शनले हरेक व्यक्ति र समाजको समग्र चेतनालाई आकार दिने काम गर्छ । यसको लागी अभिभावकले हाम्रो बच्चा कस्तो बनाउने हामी स्वयं कस्तो बन्न चाहन्छौं र समाज कस्तो बनाउन चाहन्छौं ? भन्ने प्रश्नको जवाफ हामीले लिने शिक्षाको दर्शन र शिक्षा प्रणाली भित्र नै हुने बताए । बालवालिकाको जीवनको सहजमार्गलाई दिशानिर्देश गर्न नसक्ने, सिद्धान्तमा बोलिने सुनिने तर व्यवहार वा कर्ममा नदेखिने शिक्षा खोक्रो आडम्बर मात्र हो । उनले भने,‘ एसिया मोडेल अंग्रेजी स्कुलले दिने शिक्षा र बिद्या ब्यापार मुखि होइन ब्यवसायिक र सिपमुलक हो ।
सिद्धान्त र व्यवहारको सन्तुलित समन्वयबाट बन्ने जिम्मेवार र कर्मठ बालवालिका नै समुन्नत समाजको निर्माण कर्ता बन्ने बताए । उनका अनुसार वि.सं २०६४ सालमा जुम्लामा विकासको महत्वपूर्ण विषय शिक्षा हो भन्ने मनोसायले विद्यालयको परिकल्पना गरिएको थियो ।एसिया स्कुलले बालवालिका अध्यायपन गराउन थालेको आठ वर्ष भइसकेको छ । वालवालिकालाई जागिर खाने जनशक्ति मात्रै होईन, रोजगारी दिने जनशक्ति उत्पादन गर्ने यसको मुख्य उद्दश्य रहेको छ । नर्सरी देखि आठ सम्म पढाई भइरहेको छ ।
त्यस्तै एसिया मोडेल अंग्रेजी स्कुलका प्रिंसिपल चन्द्र बहादुर महतले सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दैगएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउनको लागी सिपमा आधारित शिक्षा दिन थालेको बताए । उनका अनुसार बालवालिकालाई असल नागरिक तथा सन्तुलित वातावरण सहितको समुन्नत समाज निर्माण गर्न आज मानवीय मूल्यमा आधारित शिक्षा आवश्यक भएको छ । उनले मानवमूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण हुने दाबी गरे । उनले एसिया मोडेल अंग्रेजी स्कुलमा अध्यायन्रत १२ सय बिदामा पुरस्कार पाउन सफल हुने बालवालिकालाई हार्दिक बधाई सहित उज्वल भबिष्यको शुभकामना ब्यत्त गरेका छन । उनका अनुसार बिद्यालयमा नियमित आउने , अनुशिासित, सरफाई लगायत बिद्यालयले संञ्चालन गरेका बिभिन्न क्रियाकलावमा स्थान ल्याउन सफल हुनेलाई हौसला स्वरुप पुरस्कार बितरण गरिएको हो ।
त्यस्तै किताबी ज्ञान मात्रै आर्जन गरी आफुमात्रै रोजगारी बन्ने भन्ने भन्दा पनी हजारौँ लाई रोजगारी दिन सक्कने ज्ञान दिन सक्ने शिक्षा दिन तर्फ एसिया मोडेल अंग्रेजी स्कुल लागेको बिद्यालय परिवारको दाबी छ । अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छाअनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यहीअनुसार निर्णय गर्नुपर्छ । हामीकहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कोतिर हुने अवस्था छ । अब दबाबमा होइन, आफ्नो क्षमता , रोजगार स्वरोजगारिको सम्भावना भएको शिक्षा दिन तर्फ बालवालिकालाई अध्ययन गराउन अघि बढाउन अबको आबश्यककता रहेको छ । एसिया स्कुलले पुर्व मन्त्री भण्डारी र गुठीचौर गाउपालिकाका पुर्व अध्यक्ष हरि बहादुर भण्डारीबाट आईटीकक्षा, शुद्द खानेपानी र फनपार्क संयुक्त रुपमा उद्घाटन समेत गरिएको छ । भने, बिद्यालयको अतिरित्त क्रियाकलापमा सहभागी भइ स्थान प्रप्त गर्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ ।