जुम्ला: जुम्ला भौगोलिक हिसाबले अन्य स्थान भन्दा पृथक छ । यहा धेरै जलाधारहरु छन् । यसरी जलाधार भएकै ठाउँमा पनी काँही कतै खानेपानीको अभाव समेत छ । खानेपानी समस्या हुनुको प्रमुख कारण रहेको छ जलाधार क्षेत्रको संरक्षणमा सम्बन्धित यहाका सरोकारवाला पक्ष गम्भीर नहुनु ।
जसको उदारण हुन । तिला गाउपालिका एकको रारालिही गाउँ तातोपानी गाउपालिका एकको बाहिराँका गाउ वर्षौ देखी पनी खानेपानीको अभावमा झेल्दै आएको छ । त्यहा सरसफाईको लागी मात्रै होइन पिउने पानीका लागी पनी तिला दिनकै भरमा छ । जलाधार ब्यवस्थापनको लागी जुम्लाका कुनै पनी स्थानीय तहले गुरुयोजना बनाएको छैन ।यहाका तिला, हिमा, जवा, गिडिदह, भेरीखोला जुम्लाका मुख्य जलाशाय क्षेत्र हुन् ।यिनै क्षेत्रमा दिनप्रतिदिन नदी उत्खनन् भइरेहका छन ।त्यस्तै भु तथा जलाधार कार्यालय जुम्लाको आयोजनामा र जिल्ल समन्वय समितिको समन्वयमा स्थानीय तहसँग जलाधार तथा उपजलाधार सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
त्यस्तै अन्तरक्रिया कार्यक्रमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले यसरी नदि उत्खनन दिन प्रतिदिन बढेका कारण ०७८ र ०७९ को असोज कार्तिक महिना ठुलो बर्षा हुदा बाढीपहिरोले धनजनको क्षति भएको बताए ।उनले आगामी दिनमा सबै स्थानीय तहले साझा रुपमा जलाधार संरक्षक तर्फ लाग्न अनुरोध गरे । बाढीपहिरोका कारण अहिले धेरै खेती योग्य जमिन पुरिएका छन् ।
सिचाई नहर बाँझिएका छन् । उनले भने,‘पछिल्लो समयमा अत्यधिक मात्रमा नदी उत्खनन भएकै कारण बाढीपहिरो जाने गरेको छ हो । त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर राम देवी खड्काले रुख विरुवा, वनजङ्गलको विनासको कारण माटोले कम पानी धारण गर्ने बताइन । उनले नगरपालिकाले यसको लागी बृक्षारोपन गर्ने कार्याक्रम ल्याएको छ ।
त्यस्तै सिजा गाउपालिकाका अध्यक्ष पुण प्रसाद धितालले स्थानीय तहले जलाशय क्षेत्रको संरक्षण गर्नुपर्ने रहेको बताए । उनले उपभोग गरेबापत राजश्व संकलन गर्ने पनि स्थानीय तहै दायित्व हो । तर त्यसो हुन सकेको छैन । नदीमा डोजर र ट्याक्टर टिप्पर जोतिएका हुन्छन् । जल प्रणाली नै निकै समस्यामा परेका छन् । यसको लागी सबै एक जुट हुनपर्ने आबश्यक छ ।
त्यस्तै गुठी चौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले जलाधार क्षेत्रको संरक्षण तथा पुनस्र्थापना जलाधार क्षेत्रभित्रका जग्गाहरू वास्तवमा विभिन्न मानिसहरूको स्वामित्वमा हुन्छ । तसर्थ जलाधार क्षेत्रको पुनस्र्थापना तथा सुधार गर्न सबैको समझदारी तथा सहयोग जुटाउन कठीन हुन्छ यसको लागी स्थानीय तहले नितिगत्त रुपमै यसको संरक्षण गर्न तर्फ लाग्नु पर्छ । जलाधार क्षेत्रभित्र सबै पर्ने भएकोले सकेसम्म बढीभन्दा बढी मानिसहरूको सहभागिता जुटाई जलाधार क्षेत्रको संरक्षण गर्न का लागी हामो पालिका तयार रहेको बताए ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष तातोपानीमा ०७८ र ०७९ को असोज कार्तिक महिना ठुलो बर्षा हुदा बाढीपहिरोले धनजनको क्षति भएको थियो ।त्यही बाढीपहिरोका कारण अहिले धेरै खेती योग्य जमिन पुरिएको छ । सिचाई नहर बाँझिएका छन् । यसको लागी तातोपानी गाउपालिका जलधार तथा उपजलाधार ब्यवस्थापन सम्बन्धी गम्बीर रुपमा लागेको छ ।
त्यस्तै प्रमुख तिलागाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले जुम्ला जिल्लामा रहेको जलाधार÷ उप जलाधारहरुको प्राथमिकता एवं तिनीहरुको व्यवस्थापनका विषयको कार्यक्रम महत्व पुण भएको बताए । उनले जडीबुटी ,जमिन, जल, जनसमुदाय, जंगल र जीवजन्तु जलाधारका प्रमुख अंग हो । प्राकृतिक रुपमा जुम्ला धनी रहेकोले यसलाई बचाउन सबै सरोकारवालाहरुले लाग्नु पर्ने छ । उनले भने, ‘यहाँ थुप्रै खालका जलाधार तथा उपजलाधार रहेका छन। यसलाई बचाउन सबै सरोकारवालाहरुले जोड दिनुपर्छ ।
त्यस्तै भु तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख हिमालय साउदले जुम्लामा रहेको जलाधार÷ उप जलाधारहरुको प्राथमिकता एवं तिनीहरुको व्यवस्थापनका विषयमा अन्तरक्रिया गरिएको बताए । उनका अनुसार भु तथा जलाधार व्यवस्थापन कार्यालयका यस जिल्लामा संचालित कार्यक्रमहरुको विस्तृत विवरण र हाल सम्म गरेका महत्वपूर्ण एवं उपलब्धीमुलक कामहरुका विषयमा बताइको छ ।
त्यस्तै कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधी, पालिकाका जनप्रतिनिधी, नागरिक समाज, पत्रकारहरुको सहभागीता रहेको छ । त्यस्तै जलाधार क्षेत्र विकास नीतिहरूले समग्र रूपमा दुईवटा राम्रा व्यवस्थाहरू गरेको छ । यी व्यवस्थाहरू स्थानीय जनताहरूलाई आर्थिक लाभ पु¥याउने र सबै सरोकारवालाहरूलाई यस क्षेत्रमा सहभागी गराउने तर्पm उन्मुख छन् ।