आशा जगाउन सक्छु, निरास बनाउँदैन : अर्थमन्त्री पुन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अहिले अर्थतन्त्रमा देखिएको समस्याबाट आशा जगाउन काम गर्ने बताएका छन् । शपथ ग्रहणपछि सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै उनले अहिले अर्थतन्त्रमा समस्या रहे पनि आशा जगाउन सकिने बताए । उनले आफूले बोलेर भन्दा पनि काम गरेर निरास नबनाउने बताए ।
उनले काम गर्न सजिलो नभउको भन्दै भने, ‘यसअघि पनि सबैतिर समस्या भएका थिए । हामी अहिलेको समस्यमा अर्थतन्त्रमाथि आशा जगाउन सकिन्छ । यसमा सकारात्मक हुनुपर्छ । सबै क्षेत्र नराम्रो छैन केही क्षेत्र मात्रै नराम्रा र समस्यामा छन् । ती क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्नेछौं ।’

उनले विगतमा भएका असल प्रयत्नहरुलाई निरन्तरता दिने उल्लेख गरे । उनले भने, ‘विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँछु । यसअघि पनि विकनसमा काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव छ ।’

पुन दोस्रोपटक अर्थमन्त्री बनेका हुन् । यसअघि पनि अर्थमन्त्री हुँदा औसत रुपमा सफल भएको मानिएको थियो ।

सम्बन्धित समाचार