जुम्लामा पहिलो पटक कर्णाली प्रदेशका ३९ जनालाई रेफ्री तालिम दिईदै

जुम्ला :  जुम्लामा कारर्णाली प्रदेश स्तरीय रेफ्री तालिम सूरु भएको छ ।जुम्ला जिल्ला फुटबल संघ जुम्लाको आयोजनामा सात दिने प्रदेश स्तरीय रेफ्री तालिम सोमबार देखी होटल स्नोल्याण्डमा सुरु भएको हो ।
एन्फा अध्यक्ष भरत बहादुर बुढथापाको अध्यक्षतामा र संघिय सांसद कान्तिका सेजुवालको प्रमुख आतिथ्यतामा रेफ्री तालिमको उद्धघाटन गरिएको छ ।

एन्फा अध्यक्ष बुढथापाका अनुसार यो तालिम सात दिन सम्म सञ्चालन हुने भएको छ । उनले भने,जुम्ला जस्तो ठाउमा प्रदेश स्तारीय तालिमा हामीले पहिलो पटक आयोजना गरेका हौँ ।उनले भने, रेफ्री बिनाको खेलको कुनै अर्थ छैन । यस कारण सबै संग अनुरोध गरि धेरै कठिनाइएका साथ तालिम गर्न  सफल भएका छौँ ।

कर्णाली प्रदेशका सुर्खेत ,रुकुम पश्चिम ,सल्यान हुम्ला,डोल्पा ,दैलेख ,जाजरकोट ,मुगु ,कालिकोट र जुम्लाका गरी ३९ जना सहभागी रहेका छन । बुढथापाले यो तालिमलाई राम्रो संग सिक्न सहभागीलाई अनुरोध गरेशका छन । उनले भने,‘हामीले संचालन गरेको तालिममा प्रत्येक जिल्ला बाट बढीमा ३ जना सहभागी सहभागीता रहेको छ ।रेफ्री तालिममा सहभागाी बाट एन्फाले दर्ता शुल्क तीन हजार तोकिएको छ,।त्यो शुल्क एन्फाको खातामा जान्छ । एन्फाले उनीहरुको लागी आबश्यक सामाग्रीहरु दिन्छ ।

त्यस्तै ,सहभागीले आते जाते भाडा आफैले व्यहोर्नु पर्नेछ भने तालिम शुरु भएको दिन देखि अन्तिम सम्म प्रति दिन एक हजार म भत्ता उपलब्ध गराइने भएको छ । खाना बस्नको लागी कर्णाली खेलकुद परिषदले आर्थिक सहयोग,गरेको फुटबल कार्याक्रमका संयोजक कबिदत्त न्यौपाने बताए ।


त्यस्तै कार्याक्रमका प्रमुख अथिती संघिय सांसद कान्तिका सेजुवालले जुम्लामा लाइसेन्स प्राप्त गर्नका लागी सूरु भएको रेफ्रि तालिम महत्वपुण रहेको बताइन ।उनले भनिन,‘फुटबल खेलाउदा रेफ्रि नहुदा बाहिर जिल्ला बाट ल्याउनु पर्ने बाध्यता थियो ।उनका अनुसार सोही समस्यालाई मध्यनजर गर्दै कर्णाली खेलकुद परिषदको आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वयमा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा कर्णाली प्रदेश स्तरीय रेफ्री तालिमले कर्णालीका जिल्लाले अबका दिन रेफ्री अभावको समस्या नखेप्ने बताइन ।उनले खेलकुद क्षेत्रको बिकासका लागी आफ्नो तर्फबाट पहल गरिरहने प्रतिबद्धता ब्यक्त गरिन ।

त्यस्तै सात दिने रेफ्री तालिम दिनका लागी अखिल नेपाल फुटबल संघ केन्द्रबाट प्रशिक्षक श्रीराम रञ्तिकार,सैलेश जोसी ,सचिन अमात्य रोजेन श्रेष्ठ लगायतको टिम जुम्ला पुगेको छ ।

सम्बन्धित समाचार