जुम्लाका फुटबल बिजेता खेलाडीलाई सम्मान

जुम्ला : जिल्ला खेलकुद बिकास समितिले जुम्लाले फटबल खेडालीलाई सम्मान गरेको छ । कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जित्ने  खेलाडीलाई सम्मान गरेको हो । खेलकुदले विजेता टिमका खेलाडी, प्रशिक्षक, र व्यवस्थापकलाई न्यानो टोपी र दोसल्ला ओढाइ सम्मान गरेको छ ।


त्यस्तै जिल्ला खेलकुद बिकास समिती जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले खेल क्षेत्र नै देश र राष्टको लागी पहिचान दिलाउने क्षेत्र भएकाले यसलाई महत्वको साथ सरकारले हेर्न नसेकको बताए । उनले जुम्लाका खेलाडीले यतिवेला जुम्ला जिल्लाको पहिचान दिएको भन्दै फुटबल खेलाडीलाई हार्दिक बधाइ ब्यक्त गरे। उनले खेलकुख क्षेत्रका गतिविधिलाई पत्रकारीता जगतले सकरात्मक कमल चलाएको दाबी गरे ।

त्यस्तै खेलकुद बिकास समितिले फुटबल सफल रुपमा सम्पन्न गरेको भन्दै एन्फाका अध्यक्ष भरत बुढ्थापालाई सम्मान गरिएको छ। उनले खेलक्षेत्रलाई दिएको योगदानको कदर गर्दै सम्मान गरेको हो । जिल्ला फुटबल संघ (एन्फा )का अध्यक्ष भरत बहादुर बुढ्थापाले जुम्लामा फुटबल आयोजना गर्न निकै चुनौती रहेको बताए । उनले भने,‘पहिले पहिले जुम्ला पनी खेल हुन्छ भन्ने  ? मानसिकता थियो ।

अहिले खेलाडीको लगानशिल्ता र मिडियाको सकरात्कम प्रचारको कारणले  राम्रो सन्देश गएको छ ।उनले सबैको साथ सहयोगले भौतीक संरचना बनेको खण्डमा जुम्ला फुटबलको उर्वरभुमि बनाउने दाबी गरे । बुढथापाले भने,‘‘सबैको साथ सहयोगले कतारमा सम्पन्न फिफा फुटबल समेत प्रत्यक्ष अवलोकन गरेको छु । उनले जुम्लाका सारोकारवालहरुको राम्रो सहयोग भएको खण्डमा सातै प्रदेशको अन्तरप्रदेश स्तरिय फुटबल प्रतियोगिता जुम्लामै गर्न चाहेको बताए। उनले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशनका लागि आवश्यक वातावरण बनाउन लागी पर्ने प्रबद्धता गरे ।

त्यस्तै सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौंलागाईले युवाहरु परिवर्तनको सम्वाहक भएको बताए । उनले जुम्लाका खेलाडी र खेलकुद क्षेत्रको विकासमा लागि सबै एक जुट हुनु पर्नेमा जोड दिए । उनले यस पटक बिजेता बनेका खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन ।


त्यस्तै जिल्ला खेलकुद बिकास समिती जुम्लाका सदस्य सचिब संगिता आचार्यले खेलाडीले व्याक्तिगत मात्र नभइ राष्ट्रकै पहिचान दिलाउने भएकोले उनीहरुको मनोबल बढाउनका लागी सम्मान गरेको बताइन । उनले आगामी दशौं राष्ट्रिय खेलकुदमा समेत जुम्लाका खेलाडीले आफ्नो कलालाई नियम पुर्वक ढंगबाट प्रस्फुटन गर्ने छन । हामीले सिमित स्रोत साधनका बाबजुदमा पनि खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्देश्यका उपबिजेता टिमका खेलाडीहरु र प्रशिक्षकलाई सोमबार एक कार्यक्रमका विच टोपी र दोसल्ला ओडाएर सम्मान् गरेको हौँ ।उनले जुम्लालाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको बताइन ।

खेलाडी र खेलकुदको भौतीक संरचना बनाउनका लागी आवश्यक सहयोग गर्न पनि सम्बन्धीत निकायमा पनि आग्रह गर्दै आएको बताइन । उनले अहिले बन्दै गरेको निमार्ण धिन रंगशालाको सूरुवातीमा खेलकुद बिकास समिती जुम्लाको अनुरोधमा तत्कालीन कर्णाली प्रदेसका मुख्य मन्त्री जिवन बहादुर शाहीले ५० लाख प्रदेस सरकारबाट बजेट हालिदिएको बताइन ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा एन्फाका बरिष्ठ उपाध्यक्ष राज बहादुर खत्री, लगायत जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । त्यस्तै पछिल्लो समयमा स्वच्छ, स्वस्थ्य र समृद्ध राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका मनिदै आएको छ।

सम्बन्धित समाचार